भन्सार एजेन्टको परीक्षा स्थानीय तहको निर्वाचनसम्म रोकिने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म भन्सार एजेन्टको परीक्षा नगर्न निर्वाचन आयोगले भन्सार विभागलाई पत्र लेखेको छ । आयोगले निर्वाचनको आचारसंहिता लागू भइसकेकाले विभागलाई निर्वाचन अघि परिक्षा नगर्न भनेसँगै परिक्षा रोकिने संकेत देखिएको हो ।

 

यससँगै, वैशाख २० गतेलाई तय भएको भन्सार एजेन्टको परिक्षा पुनः सर्ने देखिएको छ । यसअघि, कोभिड–१९ महामारीका कारणले दुई पटकसम्म परिक्षा सरेको थियो । अघिल्लो वर्ष २०७७ साल फागुनमा विभागले भन्सार एजेन्टको आवेदन खुलाएको थियो ।

त्यसयता दुई पटकसम्म तोकिएको परिक्षा मिति सर्दै आएको थियो । यसपटक पनि परिक्षा सर्ने देखिएको हो । यसअघि, विभागले निर्वाचन आयोगलाई भन्सार एजेन्टको परिक्षा मितिबारे जानकारी दिएको थियो । विभागबाट आएको पत्रलाई कारबाही गर्दा तत्काल परिक्षा गर्न आचारसंहिताले नदिने आयोगको भनाइ छ ।

कमेन्ट गर्नुहोस्