सिन्धुलीका ९ वटा स्थानीय तहमा काँग्रेस र माओवादीबीच भागवण्डा

सिन्धुली । सिन्धुलीका ९ स्थानीय तहमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल भएको छ। काँग्रेसले पाँच स्थानीय तह र माओवादीले चार स्थानीय तह प्रमुख लिएर भागवण्डा गरेको माओवादी केन्द्रीय सदस्य राजन दाहालले बताए । तर, नेकपा एकीकृत समाजवादीले जिल्ला समन्वय समितिको प्रमुख र जनता समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको दाहालले बताए । दुबै दलले स्थानीयतहमा उम्मेदवारी दिने छैनन् । आवश्यकताका आधारमा वडा समितिमा समेट्न सकिने बताएको छ ।

 

यस्तो छ भागवण्डा

कमलामाई नगरपालिका–प्रमुख कांग्रेस, उपप्रमुख– माओवादी
दूधौली नगरपालिका – प्रमुख माओवादी, उपप्रमुख कांग्रेस
तीनपाटन गापा – अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
फिक्कल गापा – अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
गोलन्जोर गापा – अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
सुनकोशी गापा – अध्यक्ष माओवादी उपाध्यक्ष कांग्रेस
घ्याङ्गलेक गापा –  अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी
मरिण गापा – अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस
हरिहरपुर गढी गापा –  अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस

कमेन्ट गर्नुहोस्