कर्णालीमा सिट बाँडफाँटबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

सुर्खेत । विहीबार ११ बजेसम्म कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धन संयन्त्रको बैठक बीना निष्कर्षका साथ टुंगिएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउने भनेर बसेको बैठकमा घनिभूद छलफल भएपनि भागवण्डाको टुंगो भने लाग्न नसेको हो ।

 

बैठकमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी र कृष्णबहादुर रोकाय, माओवादी केन्द्रका तर्फबाट विमला केसी, एकीकृत समाजवादीबाट प्रकाश ज्वाला, चन्द्रबहादुर शाही लगायतका शीर्ष नेताहरुको उपस्थिति थियो ।

कर्णालीमा गठबन्धनभित्र देखिएको किचलोका कारण चुनावी तालमेल नहुने संकेत देखिएको थियो । तर बिहीबार राति भएको छलफलमा गठबन्धन दलबीच चुनावी तालमेल गरेर जानेमा पुनः परिस्थिति निर्माण भएको छ । भागवण्डाको अन्तिम टुंगो लगाउन आज दिउँसो पुन बैठक बस्ने बताइएको छ ।

कर्णालीका नेताहरुले कुनै हालतमा गठबन्धन नटुट्ने दाबी गरेका छन् । आज दिउँसो अन्तिम टुंगो लाग्छ,’ बैठकमा सहभागि एक नेताले भने ,‘कर्णालीबाट नै सुरु गरिएको गठबन्धन हो । गठबन्धन धरापमा पर्ला भन्ने नसोचे हुन्छ ।’

यसअघि सोमबार बसेको गठबन्धनको बैठकले चुनावी तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेशमा निर्णय पठाउन समय दिइएको छ। तर बिहीबारसम्म सबै जिल्लाको रिपोर्ट आएको छैन ।

कमेन्ट गर्नुहोस्