जसपाका केन्द्रिय नेताहरु माओवादी केन्द्रमा

काठमाडौं । जसपाका केन्द्रिय नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

माओवादी प्रवेश गर्नेहरु जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा.अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर लगायतका छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत पार्टीका शिर्ष नेताहरुले खादा माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्