काठमाडौं । विवाद र चर्चामा रहिरहने एमाले नेता गोकुल बाँस्कोटाको उट्पट्याङविरुद्ध चुनावमा उम्मेबार बन्ने इच्छा निर्देशक मनोज पण्डितले देखाएका छन् । निर्देशन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका पण्डितले आगामी प्रतिनिधिसभाको निर्वाचनमा बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् । सामाजिक संजालमा लामो स्टाटस लेख्दै पण्डितले राजनीतिलाई घृणित र उट्पट्याङ गरी मजाक बनाएको भन्दै बास्कोटाविरुद्ध काभ्रे २ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
‘राजनीतिलाई घृणित धन्दा र उट्पट्याङ मजाक बनाउने यो राजनीतिज्ञ मेरो क्षेत्र काभ्रे–२ बाट संसदीय निर्वाचनमा चुनिएर संचारमन्त्रीसम्म भएको हुँदा यीनको खुलेआम धम्कीले मेरो नागरिकतालाई गिज्याएको अनुभूति भयो र निर्णय गरें कि अबको संसदीय निर्वाचनमा म यो असंवेदनशील राजनीतिज्ञको विरुद्ध स्वतन्त्र उम्मेदवारको रुपमा उठ्ने छु ।’ उनले लेखेका छन् ।
दासढुंगा, ग्रेटर नेपाल, बधशाला जस्ता चर्चित फिल्मको निर्देशन गरेका पण्डित सफल र बौद्धिक निर्देशकको रुपमा चिनिन्छन् । उनको जन्मथलो काभ्रको धुलिखेल–४ हो ।
चलचित्र बनाएर मात्र राजनीतिक अवस्थामा ठूलो योगदान पुर्याउन नसकिने भन्दै उनले चर्चाको लागि नभई लुट र झुटविरुद्ध उम्मेदवारी दिन लागेको बताए ।
बास्कोटालाई काभ्रे २ बाट हराउन सक्ने अवस्था नहरे पनि आफ्नो उम्मेदवारी अराजकताविरुद्ध भएको उनको भनाई छ ।
‘मलाई थाहा छ काभ्रे–२ बाट आजको स्थितिमा उनलाई कसैले हराउन सक्दैन । उनीसँग वर्षौंको अनुभव छ भोट प्रभाव पार्न र किन्न सकिने प्रशस्त पैसा छ, मिडिया , रणनीति , सङ्गठन छ तर म संग त्यस्तो कुनै पनि सामर्थ्य र शिल्प छैन । अझ भोटको दृष्टिबाट भन्ने हो भने मसँग केवल ३ भोट छ आफ्नो ,आमाको र दिदीको। मेरो बुबा पनि उनकै समर्थक हुन् सायद मलाई मेरो बुवाको भोट आउने छैन’ उनले भनेका छन्, ‘मसँग केवल पीडा छ, छटपटी छ, आक्रोश छ, सम्वेदना छ, स्वतन्त्र चेत छ अनि परिवर्तनको चाहना छ । म यस्तै सामर्थ्यता को साहारामा उनी विरुद्ध उठदैछु त्यसैले उनलाई म बाट के को डर हुन्छ र ?’
बास्कोटालाई अध्यक्ष केपी ओलीबाहेक कसैको पनि डर नभएको पण्डितले बताएका छन् ।
बास्कोट सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाइ गरेपछि विवादित बनेका थिए । यही विवादका कारण सञ्चार मन्त्रीबाट उनले राजीनामा दिएका थिए । बेला बेलामा ७० करोडको प्रसंग ल्याउँदै बाँस्कोटा स्वयंले मजाक गर्ने गरेका थिए ।
यस्तो लेखेका छन् ,पण्डितले सामाजिक संजालमा