मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले प्रतिवेदन बुझायो(सारांश)

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठलाई मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाहरुको बस्तुस्थिती अध्ययन समितिले आज अध्ययन प्रतिवेदन हस्तान्तरण गरेको छ ।
मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवाको अवस्था र उनीहरुको व्यवस्थापनका लागि गर्नु पर्ने कामहरु बारे स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन आज हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको भूमिहिनका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर पहल शुरु गरेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले संविधानको मौलिक हकमा व्यवस्था भएको र राज्यको सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा रहेको मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया, भूमिहिन सुकुम्बासीको पहिचान गरी बसोबासका लागि घर घडेरी तथा जिविकोपार्जनका लागि कृषि योग्य जमिन र रोजगारीको व्यवस्था गर्दै पुनःस्थापना गर्ने भन्ने व्यवस्था भए अनुसार काम गर्न यस प्रतिवेदनले थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
मन्त्री श्रेष्ठले प्राप्त प्रतिवेदनमा उल्लेखित सुझावहरुलाई उच्च प्राथमिकतामा राखि आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्ने र संघ प्रदेश र स्थानीय तहले गर्नु पर्ने अधिकार क्षेत्रभित्र रहेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले भूमिहनिका समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत लालपूर्जा वितरण शुरु भइसकेको भन्दै सुकुम्बासी र सवै खालका भूमि सम्बन्धी समस्या समाधान गर्न आफूहरु लागि परेकोट पनि बताउनुभयो ।

यस्तो छ सारांश

कमेन्ट गर्नुहोस्