लुम्बिनी प्रदेशमा गठबन्धन कार्यदल बैठक जारी

बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धन दलहरूको कार्यदलको बैठक बिहानैबाट जारी छ । नेपाल काँग्रेस लुम्बिनी प्रदेश पाटी कार्यलयमा बसेको बैठकमा गठबन्धन भित्रका मिलाउन नसकेको विषयहरूमा छलफल चलिरहेको छ। कार्यदल बैठक पछि दिउँसो प्रदेश संयन्त्रको बैठक बस्ने छ।

 

आज दिउँसो बसेको संयन्त्रको बैठकले प्रदेश गठबन्धनका विषयहरु टुंगोमा पुर्याउने जनाएको छ। नेपाली काँग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा प्रदेशस्तरको संयन्त्र बनेको छ । उक्त संयन्त्रले फेरि पाँच दलका प्रतिनिधिहरू राखेर कार्यदल गठन गरेको हो ।

कमेन्ट गर्नुहोस्