ओलीले हिरा छाडेर किरा जम्मा गरेकाले एमाले छाँडेः राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पिताम्बर तिमल्सिनाले पनि नेकपा एमाले छाडेका छन । तिमल्सिनाले शनिबार बिहान एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका हुन ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले धेरै हिराहरू छाडेर किराको मात्र जमात जम्मा गरेकाले आफूले एमाले छाडेको बताए छन्। उनले खेलाडीहरूको रक्षा र हितका लागि आफूले काम गर्ने बताए । उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष भएर खेल क्षेत्रमा सक्रिय थिए । उनले पछिल्लो समय धेरै अफ्ठेरोमा ओलीलाइ सहयोग गरेको भए पनि ओलीले मान्छे चिन्न र उचित मूल्यांक गर्न नसकेको बताए ।

कमेन्ट गर्नुहोस्