शंकरले ल्याए एमालेको गढ घिरिङ्गमा पहिरो

तनहुँ । एकीकृत समाजवादीका केन्द्रिय सदस्य शंकर पोखरेलले एमालेको गढ मानिएको तनहुँको घिरिङ्ग एमालेमा पहिरो ल्याइदिएका छन् । पार्टी भित्र बौद्धिक नेताको परिचयले स्थापित नेता पोखरेल सांगठानिक रुपमा समेत अब्बल देखिएका छन् ।
पोखरेलले एमालेको गढबाट घिरिङ्ग गाउपालिका वार्ड नम्बर –२मा एमालेबाट निर्वाचित वार्ड अध्यक्ष पुर्ण बहादुर थापालाई एकिकृत समाजवादीमा प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा श्रम मन्त्री किशान श्रेष्ठ पनि सहभागी थिए ।

२०४३ सालको माले अखिल तत्कालिन अखिल पाचौं जिल्ला अध्यक्ष समेत रहेका पुर्ण बहादुर थापा २०५४ सालको निर्विरोध निर्वाचित गाविस अध्यक्ष हुन् ।

हाल एमाले तनहुँको जिल्ला सचिवालय सदस्य रहेका थापा घिरिङ्गका लोकप्रिय नेता मानिन्छन् । उनको प्रवेशसँगै घिरिङ्ग गाउपालिका नेकपा एकिकृत समाजवादीको आधार इलाकाको रुपमा अघि बढ्ने पोखरेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्