स्थानीय तह निर्वाचनः गोरखामा सत्तारुढ चार दलबीच भएन सहमति, गठबन्धन नहुने

गोरखा । गोरखामा सत्ता गठबन्धनका चार दल बीच चुनावी तालमेलको सम्भावना अन्त्य भएको छ। अन्तिम निष्कर्ष निकाल्ने गरी शनिबार बिहान आठ बजे बसेको गठबन्धन संयन्त्रको आठौं बैठकमा पनि भागबण्डाका विषयमा सहमति जुट्न नसकेपछि अब चारदलीय संयन्त्रको बैठक नबस्ने गरी अन्त्य भएको बताइएको छ ।

आठ पटक बैठक बस्दा पनि सबै दलका नेताले आ–आफ्नो अडान नछाडेपछि बैठक निष्र्कष विहिन बनेकाु थियो । कोही पनि टसको मस नभएपछि अब औपचारि बैठक नबस्ने गरी गठबन्धनका नेताहरु उठेका हुन् । तरपनि अनौपचारिक रुपले छलफल गर्न सकिने अवस्था भने नसकिएको उनीहरुको भनाई छ ।

शनिबार बिहान बसेको अन्तिम बैठकसम्म नेपाली कांग्रेसले सात, माओवादीले पाँच, जनता समाजवादी पार्टीले दुई पालिका दाबी नछाडेको बैठकका अर्का सहभागी लेखबहादुर थापाले भने, ‘बैठक एकदम हार्दिकताका साथ भयो तर सहमति भएन’, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष थापाले भने, ‘नेपाली कांग्रेसले एक नगरपालिकासहित सात पालिका र ४५ वडाको दाबी कायम राख्यो। माओवादीले एक नगरपालिकासहित पाँच पालिका र ४५ वडा दाबी गरिरह्यो। जसपाले पनि एक नगरपालिकासहित दुई पालिका दाबी गर्‍यो।’

आठ पटकसम्मको बैठकमा कुनै पनि दल लचिलो नभएपछि संयन्त्रको बैठकको औचित्य समाप्त भएको ठहर गरी उठिएको उनले बताए। अब आ–आफ्नो पार्टीबाट उम्मेद्वार छान्नतिर लाग्ने दुवै ठूला पार्टीले जनाएका छन्।

कमेन्ट गर्नुहोस्