पूर्व सांसद आचार्यको ७४ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद विष्णुराज आचार्यको आज ७४ वर्षको उमेरमा निधन भएको छ ।

पूर्व सांसद आचार्यको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।

नेता आचार्य २०४८ र २०५१ सालको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट सांसद पदमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

यसैबीच, नेपाली कांग्रेस कपिलवस्तुले आज एक शोक विज्ञप्ति जारी गर्दै आचार्यको निधनले कपिलवस्तु काँग्रेसलाई अपूरणीय क्षति भएको जनाएको छ ।

नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले एक शोक विज्ञप्ति जारी गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दै एक असल सादगी नेता गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन्।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको कपिलवस्तु समाजले जनाएको छ ।

पूर्व सांसद आचार्यका ३ छोरी र श्रीमती छन् ।

कमेन्ट गर्नुहोस्