गण्डकी एमालेले सहमतिमा टुंग्यायो ११ जिल्ला २९ पालिकाका उम्मेदबार (नामावलीसहित)

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदबारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदबारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ । शुक्रवार राती अवेरसम्म वसेको सचिवालय वैठकले ती नामहरुमा अन्तिम निणर्य गरेको हो ।

तल्लो तहका कमिटीबाट सर्वसम्मत रुपमा सिफारिश आएका ११ जिल्लाका २९ पालिकाका उम्मेदवारलाई टुंगो लगाएको उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।एमाले गण्डकीले मुस्ताङ जिल्लाका सवै पालिकाका प्रमुख र उपप्रमुखको निर्णय गरेको छ । बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्षमा रिञ्जिङ गुरुङ र उपाध्यक्षमा दिकी गुरुङ, लो घ्यागर गाउँपालिकाको अध्यक्षमा लोप्साङ छेप्पेल विष्ट राजु र उपाध्यक्षमा छिरिङ ल्ह्यामो गुरुङ, लोमाङन्थाङ गाउँपालिका अध्यक्षमा टसीनुर्वु गुरुङ र उपाध्यक्षमा छिमि विष्ट गुरुङ, थासाङ गाउँपालिका अध्यक्षमा प्रदीप गौचन र उपाध्यक्षमा सुमिता शेर्पा, घरपजोङ गाउँपालिका अध्यक्षमा सञ्जय कुमार थकाली रउपाध्यक्षमा मिम कुमारी शेरचन रहेका छन् ।

मनाङ जिल्लाको मनाङ निस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घले र उपाध्यक्षमा छिरिङ धावा गुरुङ, चामे गाउँपालिका अध्यक्षमा लोकेन्द्र घले र उपाध्यक्ष आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्ष मन बहादुर गुरुङ र उपाध्यक्ष अर्विन गुरुङ (स्वतन्त्र), नार्पाभूमि गाउँपालिका अध्यक्ष ज्याप्ले गुरुङ र उपाध्यक्षमा भेग मिलाउनु पर्ने भएकाले छलफल जारी रहेको प्रचार विभाग प्रमुख आचार्यले बताए ।लमजुङ जिल्लाको क्वोंलासोंथर गाउँपालिका अध्यक्षमा सूर्यप्रसाद गुरुङलाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निणर्य गरेको छ । उपाध्क्षयमा छलफल भैइरहेकोले टुंगो लगाउन बाँकी छ ।

याे पनि पढ्नुस  प्रतिगामी तत्वलाई रोक्न माओवादी जाग्नैपर्छ : अध्यक्ष प्रचण्ड

गोरखा जिल्लाको अजिरकोट गाउँपालिका अध्यक्षमा शेखरनाथ न्यौपाने, चुमनुब्री गाउँपालिका अध्यक्षमा सुक बहादुर गुरुङ र उपाध्यक्षमा सानु गुरुङ, स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सीता थापा, वालिङ नगरपालिका प्रमुखमा कृष्ण बहादुर खाँड र उपप्रमुखमा खगीसरा थापा मगर, हरिनास गाउँपालिका अध्यक्षमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाउने एमाले गण्डकीले निर्णय गरेको छ ।

तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका अध्यक्षमा ऋषि केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।कास्की जिल्लाको रुपा गाउँपालिका अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङलाई एमालेले टुंगो लगाएको छ ।म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा भरत कुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा, रघुगंगा गाउँपालिका अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्ष यामकुमारी गर्बुजा, मालिका गाउँपालिका अध्यक्षमा वेगप्रसाद गर्बुजा र मंगला गाउपालिका अध्यक्षमा सतप्रसाद रोकालाई निर्णय गरेको छ ।

याे पनि पढ्नुस  चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं : पूर्वप्रधानमन्त्री भट्टराई

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका अध्यक्षमा चेतन राना र उपाध्यक्षमा मनी पाण्डे, मध्यबिन्दु नगरपालिका प्रमुखमा भिमलाल अधिकारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।पर्वत जिल्लाको पैयुँ गाउँपालिका अध्यक्षमा महेन्द्र श्रेष्ठ र उपाध्यक्षमा यमकुमारी रानाको टुंगो लागेको छ ।बागलुङ जिल्लाको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति बिक, ढोरपाटन नगरपालिका प्रमुखमा देव कुमार नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउचा र उपप्रमुख रुपा बिक, जैमिनि नगरपालिका प्रमुखमा लिला राना र उपाध्यक्षमा यमुना शर्मालाई उम्मेदवार वनाउने निणर्य गरेको छ ।

बाँकी पालिकाहरुको प्रमुख र उप्रमुखका बिषयमा छलफल जारी रहेको एमाले गण्डकीका सचिव धनन्जय दवाडीले वताए । शनिवार बेलुका र आईतवार विहानसम्म गण्डकीका ८५ वटै पालिकाको निर्णय भइसक्ने सचिव दवाडीले जानकारी दिए ।

निर्णय भएका पालिकाका उम्मेदवारहरुको अन्तिम नामावलीः

१. मुस्ताङ जिल्ला
क.बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका
अध्यक्षः रिञ्जिङ गुरुङ
उपाध्यक्षः दिकी गुरुङ
ख. लो घ्यागर गाउँपालिका
अध्यक्षः लोप्साङ छेप्पेल विष्ट राजु
उपाध्यक्षः छिरिङ ल्ह्यामो गुरुङ
ग. लोमाङन्थाङ गाउँपालिका
अध्यक्षः टसीनुर्वु गुरुङ
उपाध्यक्षः छिमि विष्ट गुरुङ
घ. थासाङ गाउँपालिका
अध्यक्षः प्रदीप गौचन
उपाध्यक्षः सुमिता शेर्पा
ङ. घरपजोङ गाउँपालिका
अध्यक्षः सञ्जय कुमार थकाली
उपाध्यक्षः मिम कुमारी शेरचन
२. मनाङ जिल्ला
क. मनाङ निस्याङ गाउँपालिका
अध्यक्षः कान्छा घले
उपाध्यक्षः छिरिङ धावा गुरुङ
ख. चामे गाउँपालिका
अध्यक्षः लोकेन्द्र घले
उपाध्यक्षः आशकुमारी गुरुङ
ग. नासों गाउँपालिका
अध्यक्षः मन बहादुर गुरुङ
उपाध्यक्षः अर्विन गुरुङ स्वतन्त्र
घ. नार्पाभूमि गाउँपालिका
अध्यक्षः ज्याप्ले गुरुङ
उपाध्यक्षः भेग मिलाउनु पर्ने भएकाले छलफल
३. लमजुङ जिल्ला
क. क्वोंलासोंथर गाउँपालिका
अध्यक्षः सूर्यप्रसाद गुरुङ
४. गोरखा जिल्ला
क.अजिरकोट गाउँपालिका
अध्यक्षः शेखरनाथ न्यौपाने
ख. चुमनुब्री गाउँपालिका
अध्यक्षः सुक बहादुर गुरुङ
उपाध्यक्षः सानु गुरुङ
५. स्याङ्जा जिल्ला
क.आँधिखोला गाउँपालिका
अध्यक्षः विश्व पौडेल
उपाध्यक्षः सीता थापा
ख. वालिङ नगरपालिका
प्रमुखः कृष्ण बहादुर खाँड
उपप्रमुखः खगीसरा थापा मगर
ग. हरिनास गाउँपालिका
अध्यक्षः खिमनारायण मानन्धर
६. तनहुँ जिल्ला
क. आँबु गाउँपालिका
अध्यक्षः ऋषि केसी

याे पनि पढ्नुस  निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन दलहरुलाई आयोगको आग्रह

७. कास्की जिल्ला
क. रुपा गाउँपालिका
अध्यक्षः नवराज ओझा
उपाध्यक्षः लालसुब्बा गुरुङ

८. म्याग्दी जिल्ला
क. अन्नपूर्ण गाउँपालिका
अध्यक्षः भरत कुमार पुन
उपाध्यक्षः दिवाकुमारी तिलिजा
ख. रघु गंगा गाउँपालिका
अध्यक्षः प्रेम बहा

कमेन्ट गर्नुहोस्