पूर्वराज्यमन्त्री डा. डिम्पल कुमारी झाको क्यान्सरबाट निधन

काठमाडौं। पूर्व राज्यमन्त्री एवं संविधानसभा सदस्य डा. डिम्पल कुमारी झाको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित झाको आज बिहान काठमाडौंको रानीबारीस्थित निवासमै निधन भएको परिवारले जनाएको छ। डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन्। उनी दोस्रो संविधानसभामा सदस्य थिइन्।

कमेन्ट गर्नुहोस्