स्वतन्त्र उम्मेदवार बालेनको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरेका छन् । त्यस्तै निजी विद्यालय मासिक शुल्क बमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उनको घोषण छ ।

याे पनि पढ्नुस  निर्वाचन आयाेगमा चर्काचर्की

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरू सुचारु गरिने र ७० वर्ष माथिका वृद्ध वृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।

याे पनि पढ्नुस  स्थानीय निर्वाचन प्रचार योजना र महत्व

शाहले सांस्कृतिक महत्त्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समिति मार्फत निर्माण तथा पुनःर्निर्माणका कार्य गरिने ।, बस स्टपहरूमा फल्चा स्थापना गरिने उनको प्रतिवद्धता छ । शाहले सार्वजनिक तथा महानगरिय यातायातलाई एउटै छाता संगठन अन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने बताएका छन् । काठमाडौं महानगरपालिका भित्रका केही भवनहरू भाडामा लिएर बहुतले पार्किङमा परिणत गरिने र काठमाडौं महानगरपालिका को आफ्नै ट्याक्सी एप सञ्चालन गरिने उनको योजना छ ।

याे पनि पढ्नुस  सेनाको घेराभित्र मतपत्र छपाई हुने, आज आयोग र सेना पदाधिकारीले प्रेसको निरिक्षण गर्दै

हेर्नुहोस् पूर्णपाठ

कमेन्ट गर्नुहोस्