एमालेकी मञ्जुदेवीद्धारा पोखराको उपमेयर टिकट अस्वीकार

पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’

उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्