तानसेनमा निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

काठमाडौं । पाल्पाको तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । तानेसन नगरपालिका वार्ड न ५ का वडाध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनी नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश सदस्य रहेका थिए । उनीसहित एमालेका कार्यकर्ताहरूलाई माओवादीमा एक समारोहबीच स्वागत गरिएको छ । उनलाई जिल्ला संयोजक नेत्र प्रसाद पाण्डेय, प्रदेश सांसद तुलाराम घर्ती, केन्द्रीय सदस्य अनिल किशोर घिमिरे लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्