चितवनमा टुंगियो गठबन्धनको भागबन्डाः भरतपुरमा कांग्रेसले २० वडा पाउने

चितवन । पाँच दलीय गठबन्धनले चितवनमा उम्मेदवारको भागबण्डा टुंग्याएको छ।

स्थानीय तहहरुको मेयर र उपमेयरको भागबण्डा टुंग्याएपछि वडामा तालमेल गर्न गठबन्धन लागिपरेको थियो ।

नेपाली कांग्रेसका सचिव ध्रुव पोखरेलले सबै स्थानीय तहमा वडासम्मै भागबण्डा टुंगिएको बताए। भरतपुर महानगरपालिकामा २० वटा वडा नेपाली कांग्रेसले पाउने सहमती भएको पोखरेलले बताए।

माओवादी केन्द्रले ५ र नेकपा एकीकृत समाजवादीले ३ वटा वडा पाउने टुंगो लागेको छ। भरतपुरको वडा नम्बर २६ मा भने कांग्रेस र माओवादी दुवैले दाबी नछाडेका कारण यहाँ दुवै पार्टीका उम्मेदवार हुने सम्भावना छ।

भरतपुरका १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडाहरु नेपाली कांग्रेसको भागमा परेको छ। माओवादीको भागमा ११, १३, २४, २५ र २८ नम्बर वडा परेका छन्।

एकीकृत समाजबादीले ९, १२ र २२ नम्बर वडा पाएको छ। सचिव पोखरेलले अब गठबन्धनका दलहरुले उम्मेदवार टुंगो लगाउने बताए।

गठबन्धनले भरतपुर, माडीको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्नेछ। रत्ननगर, खैरहनी, कालिका र इच्छाकामनाको प्रमुखमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको छ।

कालिका नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजबादीको उम्मेदवार हुने सहमति भएको छ। भरतपुरमा माओवादीले रेनु दाहाललाई मेयरको उम्मेदवार बन्ने भएकी छन्।

 

कमेन्ट गर्नुहोस्