दोलखाको विगु गाउँपालिकाका १०० जना एमालेका नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश

दोलखा । दोलखाको विगु गाउँपालिका वडा नं ६ को आलम्पुका नेकपा एमालेका एक सय जना नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आइतबार बिहान उनीहरुलाई माओवादी केन्द्रबाट वन मन्त्री बनेका विशाल खड्काले पार्टीमा स्वागत गरेका हुन् ।

एमाले परित्याग गरी माओवादी प्रवेश गर्नेमा एमाले वडा नं ६ आलाम्पुका वडा सचिव रोहित थामी,वडा सदस्य मानध्वज थामी,वडा सदस्य जिल्ला थामि,टोल कमिटी अध्यक्ष डबल थामि लगायतका एक सय जना रहेका छन् ।

 

नवप्रवेशीलाई वन मन्त्री विशाल खड्काले विगु गाउँपालिकाको माओवादी केन्द्रको कार्यलयमा स्वागत गरेको हो ।

कमेन्ट गर्नुहोस्