काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य केशव स्थापितले राजीनामा दिएका छन् । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।
आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् । उनी डोरमणी पौडेल मुख्यमन्त्री हुँदा भौतिक पूर्वाधारमन्त्री समेत बनेका थिए ।
मेयरमा विजयी भए त्रिचन्द्र कलेजलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य रहेको बताएका छन् ।