चौतारा नगरपालिका उपमेयर पराजुलीद्वारा राजीनामा

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका उपमेयर जानुका पराजुलीले राजीनामा दिएकी छन्। माओवादी केन्द्रका तर्फबाट उपमेयरमा विजयी भएकी पराजुलीले  नगरसभा समक्ष आइतबार पदबाट राजीनामा दिएकी हुन्।उनले चौतारा नगरपालिकाको मेयरमा आफ्नो दावी पस्तुत गरेकी छन् ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेले निर्वाचित जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ। आज आइतबार र भोलि मनोनयन दर्ता गर्ने निर्वाचन तालिका रहेको छ।

कमेन्ट गर्नुहोस्