ललितपुरका ६ स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच मिल्यो भागवण्डा

काठमाडौं । ललितपुर जिल्लामा सत्ता गठबन्धनमा भागवण्डा मिलेको छ। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच मात्रै तालमेल भएको हो । ललितपुरका २ नगरपालिका र तीन गाउँपालिकामा काँग्रेस तीन माओवादी दुई स्थानीय तह लिएको हो । ललितपुर महानगरमा यसअघि मेयर काँग्रेस र उपमेयर माओवादी केन्द्रले लिइसकेको छ ।

गोदावरी नगरपालिकामा मेयर काँग्रेस, उपमेयर माओवादी केन्द्र, महालक्ष्मी नगरपालिकामा मेयर माओवादी र काँग्रेसले उपमेयर लिएको छ । कोञ्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्षमा काँग्रेस, बागमतीमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादी र महाँकालमा अध्यक्ष काँग्रेस, उपाध्यक्ष माओवादीले लिएको छ ।

कमेन्ट गर्नुहोस्