तनहुँ घिरिङ्ग गाउँपालिकामा एमालेबाट समाजवादी प्रवेशको लहर

तनहुँ । नेकपा एमाले पार्टी भित्र गलत नीति र नेतृत्व रहेको भन्दै घिरिङ्ग गाउँपालिकामा एमालेबाट नेकपा (एकिकृत समाजवादी)  प्रवेशको लहर चलेको छ । समाजवादीका केन्द्रिय सदस्य शंकर पोखरेलको सक्रियतामा नेकपा (एकिकृत समाजवादी)ले चुनावी अभियान तिब्र बनाएसँगै एमाले छोडी समाजवादी प्रवेश गर्ने क्रम बढेको हो ।

हिजो मात्रै एमालेबाट निर्वाचित वार्ड अध्यक्ष प्रवेश गरेका थिए भने आज कार्यपालिका सदस्य एंव एमाले सचिव वसन्त दरै , एमाले नेता एंव गजरकोट ५ का वार्ड अध्यक्ष प्रतिनिधि कमरेड मीन बहादुर दरै , एमाले घिरिङ्ग गाउँपालिका कमिटी सदस्य सकृय महिला नेता कमरेड डोलि माया दरै, सुबेदार भिम बहादुर , जनुका ढकाल सार्की सहित करिव २०० जना घिरिङ्ग एमाले सदस्यहरु उक्त पार्टी परित्याग गरि जनताको पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टीमा सामेल भएको नेता पोखरेलले बताए ।

नेकपा (एकिकृत समाजवादी) पार्टीको नीति र नेतृत्व प्रतिको विस्वासीलो आधार निर्माण भएकोले एमाले परित्याग गरी समाजवादीमा समेल भएको नवप्रवेशीहरुको भनाई छ ।

कमेन्ट गर्नुहोस्