काँग्रेस संसदीय समितिको बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाली काँग्रेसको संसदीय समितिको बैठक जारी रहेको छ । बैठक आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको सहमहामन्त्री जीवन परियारले बताएका हुन् ।

आइतबार दिउँसो बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको थियो । संसदीय समितिको बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको थियो । ​

कमेन्ट गर्नुहोस्