एमालेबाट निर्वाचित ललितपुर–१८ का अध्यक्ष माओवादी केन्दमा

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित ललितपुर महानगरपालिकाको वडा नं. १८ वडाध्यक्ष पुरूषोतम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

२०७४ सालमा वडाध्यक्ष निर्वाचित खड्कालाई सोमबार खुमलटारमा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

ललितपुरमा माओवादी केन्द्रले उपमेयर पाएको छ। गठबन्धनबीच महानगरको वडाहरुको बाँडफाँट हुन बाँकी छ । त्यहाँ कुरा नमिले माओवादी केन्द्रले स्वच्छ प्रतिस्पर्धा गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्