गोरखा। नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिएका छन्।सोमबार कांग्रेसबाट मेयरमा उम्मेदवार रहेका विश्वदेव श्रेष्ठमाथि कार्यकर्ताहरुले हातपात गरेका हुन्।
बैंकरोडमा फोटो खिचिरहेको अवस्थामा आफूमाथि हातपात भएको श्रेष्ठले बताए। कांग्रेस गोरखामा वादविवाद बढ्दै गएका कारण सोमबार बिहानदेखि नै जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ।