चुनाव लड्न एसएसपीको भुली फुकालेका गोविन्द टिकट नपाएपछि स्वतन्त्र उठ्ने तयारीमा

धनुषा । स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् ।

साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदका आकांक्षी हुन् ।

उनको नाम सिफारिसमा परे पनि अन्तिम समयमा योगेन्द्र यादवले उछिनेका छन् ।

कमेन्ट गर्नुहोस्