काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्।
गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गराएका हुन् ।
भरतपुरमा माओवादीलाई मेयर र कांग्रेसले उपमेयर पाएको थियो । माओवादी जनयुद्धकी छापामार रेनु दाहाल भरतपुर महानगरकी पूर्व मेयर पनि हुन् ।