स्याङ्जा । स्याङजाको चापाकोट नगरपालिका मेयर र उपमेयरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ। मेयरमा समाजवादी गोपाल भण्डारी र उपमेयरमा माओवादीकी राधाकुमारी डोटेलले उम्मेदवारी दिएका छन्।
सत्ता गठबन्धनमा नेपाली काँग्रेससँग तालमेल हुन नकसेपछि माओवादी र एकीकृत समाजवादीबीच मात्रै तालमेल भएको हो। स्याङजामा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि छैनन्।