सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा माओवादीको उम्मेदवार विद्यार्थी नेता कट्टेल

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्षको उम्मेदवारी अखिल(क्रान्तिकारी)का केन्द्रिय प्रतिनिधि भुपेन्द्र कट्टेलले दिएका छन् ।

मिनभवन क्याम्पस क्रान्तिकारीका पूर्व अध्यक्ष कट्टेल विद्यार्थी आन्दोलनका आशालाग्दा नेता हुन् ।

मनोनयन दर्ता गर्दै कट्टेलले नेचासल्यानको संभावना र योजनालाई मुर्तिकरण गर्न सम्पुर्ण नयाँ पुस्ताको प्रतिनिधिको रुपमा आफ्नो उम्मेदवारी भएको बताए ।

कमेन्ट गर्नुहोस्