स्याङ्जा माओवादीकाे छिटफुट तालमेल धेरै ठाउँ एकल उम्मेदवारी, सहमतीको प्रयास कायमै

स्याङ्जा । स्याङ्जा जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल व्यवस्थित बन्न सकेको छैन । कालिगण्डकी,विरुवा, हरिनास र फेदिखोला गाउँपालिकामा स्थानीय स्तरबाट गठबन्धनको पहल भएको भएता पनि जिल्ला व्यापी रुपमा केन्द्रको सर्कुलर अनुसार गठबन्धन बन्न नसक्दा एमाले हौसिएको छ । एमालेका एक नेताले गठबन्धनभित्रको बेमेलका कारण सबै पालिकामा एमालेले जित्ने निश्चित जस्तै भएको बताए । वालिङ नगरपालिकामा तिब्र प्रतिस्पर्धा हुने भएपनि अन्य पालिकामा जित सुनिश्चित भएको उनको दावी छ ।कांग्रेस भित्रको आन्तरिक समस्या र गठबन्धनको असफलता एमालेको जितको आधार बन्ने उनको भनाई थियो ।

केन्द्रको सर्कुलर अनुसार गठबन्धन बन्न नसके पनि दिएका उम्मेदवारी फिर्ता गराएर तालमेलको कोशिस भैरहेको माओवादी केन्द्रका संयोजक प्रकाश न्यौपानेले बताए । उनले भने, “यहाँ कांग्रेस ठुलो दल हो, गठबन्धन गर्दा सबैभन्दा बढि लाभ कांग्रेसलाई हुन्छ , उसले पहल गरे गठबन्धन जिल्लाव्यापी रुपमा एकमना एकताका साथ लान सकिन्छ । ” उनले थपे, “सुरुमै व्यवस्थित रुपमा केन्द्रको मर्म अनुरुप साझा उम्मेदवार तय गर्न सकेको भए जनता र कार्यक्रर्तामा उत्साह पैदा भैसकको हुन्थ्यो अझै पनि मिलाएर जान सकिन्छ ।” उनले अझै पनि सहमत गरेर तालमेललाई व्यवस्थित गर्दा एमालेलाई परास्त गर्न सकिने बताए ।

न्यौपानेले स्थानीय स्तरमा सहमति भइ गठबन्धन बनेका स्थानीय तहमा तालमेल मिलाएर उम्मेदवारी दिईएको बताए । अन्य ठाउँमा पनि गठबन्धन दलबीच सहमति हुनसक्ने सम्भावनालाई मध्य नजर गर्दै उम्मेवारी चयन र मनोनयन गरिएको उनको भनाइ छ ।

पुतलीबजार –१४, भीरकोट –९, वालिङ –१४, गल्याङ –११ र चापाकोट –१० वडा र फेदीखोला– ५ , आँधिखोला–६,हरिनास–७, विरूवा–८, कालिगण्डकी–७ ,अर्जुनचौपारी–६ वडा सहित ६ वटा गाउँपालिका, ५ वटा नगरपालिका र ९७ वटा वडा रहेको स्याङजामा माओवादी केन्द्रले ५ जना प्रमुख , ७ जना उपप्रमुख ३४ वडा अध्यक्ष र १३७ जना वडा सदस्यमा मनोनयन दर्ता गराएको छ ।

यस्ता छन् माओवादी केन्द्र स्याङ्जाबाट मनोनयन  दर्ता गर्ने उम्मेदवारहरु

गल्याङ नगरपालिका
मेयर –घनश्याम भट्टराई

उपमेयर –हेमाकुमारी ताराङ
वडा अध्यक्ष– ६ जना
सदस्य –१९ जना

चापाकोट नगरपालिका
चापाकोट नगरपालिकामा माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको माओवादी ले उपमेयरमा राधा डोटेललाई उम्मेदवार बनाएको छ । त्यहाँ कांग्रेससँग तालमेलको छलफल चलिरहेको छ ।

वडा अध्यक्ष– ५ जना

सदस्य – १३ जना

पुतलीबजार नगरपालिका
मेयर –नारायण लम्साल
उपमेयर– सरस्वती शर्मा
वडा अध्यक्ष–८ जना
सदस्य –२७ जना

भीरकोट नगरपालिका
मयेर– रेखा बस्याल
उपमेयर –मिनप्रसाद कोइराला
वडा अध्यक्ष –३ जना
सदस्य–८ जना

वालिङ नगरपालिका
मेयर– नित्यानन्द तिवारी
उपमेयर –कल्पना अर्याल

वडा अध्यक्ष– ७ जना
सदस्य –२३ जना

अर्जुनचौपारी गाउँपालिका
अध्यक्ष –शैलेन्द्र घिमिरे
उपाध्यक्ष –
वडा अध्यक्ष–
वडा सदस्य –५ जना

आँधिखोला गाउँपालिका
अध्यक्ष –स्वतन्त्र उम्मेदवार हरि ढकाललाई समर्थन
वडा अध्यक्ष –१ जना
सदस्य– ७ जना

कालीगण्डकी गाउँपालिका
अध्यक्ष र उपाध्यक्षमा गठबन्धनलाई सहयोग ७ जना सदस्य उम्मेदवार । त्यहाँ कांग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीबीच चुनावी तालमेल भएको छ ।

फेदीखोला गाउँपालिका
अध्यक्ष– कांग्रसको उम्मेदवारलाई सहयोग
उपाध्यक्ष–शिव पराजुली
वडा अध्यक्ष –छैन
वडा सदस्य –४ जना

बिरुवा गाउँपालिका
अध्यक्ष – गठबन्धन
उपाध्यक्ष –थमन गुरुङ
वडा अध्यक्ष –२ जना
सदस्य–१६ जना

हरिनास गाउँपालिका
अध्यक्ष –गठबन्धन
उपाध्यक्ष– मिठु लम्साल
वडा अध्यक्ष–१ जना
सदस्य –९ जना

 

 

कमेन्ट गर्नुहोस्