एमाले परित्याग गरी मोहमद इस्लाम मियाँ माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । एमाले परित्याग गरी मोहमद इस्लाम मियाँ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गरेका मियाँ नेकपा एमाले मधेश प्रदेश समितिको सदस्य हुन् ।

शनिबार मियाँलाई राजविराजमा कार्यक्रमका आयोजित गरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदा लगायतका नेताले उनलाई माला र टीका लगाएर पार्टी प्रवेश गराए ।

मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधि सभा निर्वाचनमा पनि क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए । वैशाखमा ३० हुने स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताए ।

शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका मियाँ नेकपा एमाले मधेश प्रदेश समितिको सदस्य हुन् ।

कमेन्ट गर्नुहोस्