लिखुतामाकोशी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट युवा नेतृ सुजना पौडेल

रामेछाप । रामेछाप जिल्ला लिखुतामाकोशी गाउपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट युवा नेतृ सुजना पौडेलले उम्मेदवारी दर्ता गराएकी छ्न् ।

अखिल (क्रान्तिकारी) नेपाल कमर्श क्याम्पस मिनभवनकी पुर्व कोषाध्यक्ष तथा हाल अखिल क्रान्तिकारीकी केन्द्रिय आयोग सदस्य विद्यार्थी नेत्री सुजना पौडेल आफुले जितेमा पालिकामा व्याप्त शिक्षा, स्वास्थ्य, युवा बेरोजगार तथा खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि आफुले उम्मेदवारी दिएको उनको भनाई छ।

उनले आफूले जितेमा पालिकालाई नमुना पालिका बनाउने बताइन् । समाज परिवर्तनको लागि अब युवाहरूले नेतृत्व लिन अग्रसर हुनुपर्ने भन्दै पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।

सबै युवा वर्ग र समाजमा परिर्वतन चाहानेहरुले आफुहरुलाइ मत दिने उनको दाबी छ ।

कमेन्ट गर्नुहोस्