रुसले जर्मनीका ४० कुटनीतिज्ञलाई देश निकाला गर्ने

रुस । रुसले जर्मनीका ४० कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा रुसको यो पछिल्लो हो ।

रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ ।

‘रूसी कुटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीतिक नियोगका प्रमुखसमक्ष कडा विरोध जनाइएको छ’, मन्त्रालयले भनेको छ ।

मन्त्रालयको निर्णयबाट कूल एक सय जर्मनी प्रभावित हुने प्राप्त विवरणहरूमा जनाइएको छ । रुसी कदम अनुमान गरे अनुसारको भए पनि न्यायोचित नभएको जर्मन विदेशमन्त्री अन्नलेना बेरबोकले बताए ।

कमेन्ट गर्नुहोस्