अर्थोपोडिक एसोसिएसनले ग्रमिण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन गर्ने

चितवन । चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले शहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामिण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु शहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरुको राष्ट्रिय सम्मेलनले चिकित्सकहरुलाई ग्रामिण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् । अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा.दशरथ काफ्लेले ग्रामिण क्षेत्रमा दाँत मुखको स्वास्थ्य सम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकहरुले ग्रामिण क्षेत्रमा जानुपर्ने बताउनुभएको हो ।

“पछिल्लो समय ग्रामिण क्षेत्रमा मुख स्वास्थ्य सम्बन्धी बिरामीहरु बढ्दै गइरहेको छन्” डा काफ्लेले भने, “हामी चिकित्सकहरु ग्रामिण क्षेत्रमा गएर स्वास्थ्योपचारसँगै उनीहरुमा जनचेतना जगाउने काम गर्नुपर्छ ।”

दन्त चिकित्सक क्षेत्र विस्तार र दक्षसँगलाई नेपालमा नै स्थायित्व दिन सबै क्षेत्र पहल गर्नुपर्ने डा.जितेन्द्र शाहले बताए ।
नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरु सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

उनले जथाभावी दाँतको उपचार नगर्न सुझाव दिँदै सम्बन्धित विषय विशेषज्ञ चिकित्सकहरुसँग उपचार गराउन जोड दिए ।

वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालका सहित भारत, बङ्गलादेश सहितका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।
सम्मेलनका क्रममा चिकित्सापद्धतीमा गुणस्तर वृद्धि, अनुसन्धानमूलक कार्यक्रम, नयाँ प्रविधिबारे छलफल भएको सहसंयोजक डा.पूजा कोइरालाले बताउनुभयो । दाँतको समस्यासँगै अर्थोडेन्टिक उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिइ दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण भएको कोइरालाले बताए।

सम्मेलनमा डा.जितेन्द्र शाह, डा।विरेन्द्र शाह, डा।पिङकी शाहको विशेष प्रस्तुती समेत रहेको थियो ।

दन्त चिकित्सा चिकित्सक शास्त्रको एक प्रमुख अङ्ग हो । दन्त चिकित्सामा जम्मा आठ वटा हाँगाहरू हुन्छन् त्यस मध्ये बाङ्गाटिङ्गा छिद्रा भएको, दाँत बाहिर भएको गिँजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।

कमेन्ट गर्नुहोस्