कागेश्वरी मनोहरा –७को वडा अध्यक्षमा माओवादीका अमरचन्द्र बोहरा

काठमाडौं । कागेश्वोरी मनोहरा नगरपालिकामा गठबन्धन भएपनि वडा नम्बर–७ मा भने माओवादीले एक्लै लड्ने निर्णय गरेको छ।

कागेश्वरी मनोहरा ७ नम्बर वडा भित्रको माओवादी मतदाताको हिसाबले सबै भन्दा बलियो वडा हो। माओवादीको ७ नम्बर वडा पार्टीले उठाएका वडा अध्यक्षका उमेदवार अमरचन्द्र बोहरा एक असल छवि भएका एक समाजसेवी पनि हुन् । वडा नम्बर–७ का जनताका मनमा बस्न सफल बोहरा यसपटक चुनाव जित्ने कुरामा पूर्ण विश्वस्त देखिन्छन्।

काठमाडौंको भुमिमा माओवादीले एक्लैले चुनाव जित्ने आट देखाउनुनै माओवादी केन्द्रको लागि ठुलो कुरा भएको बोहरा बताउँछन्। अमरचन्द्र बोहराले खर्चिलो चुनाव भएकोमा आफू सामान्य चुनावको आवश्यकता बाहेक कुनै फजुल खर्च गर्ने तयारीमा नरहेको पनि बताएका छन्। आफू ईमानदारसाथ बिना कुनै जालझेल चुनाव जित्ने बाटोमा अगाडी बढिसकेको बताएका छन्।

कमेन्ट गर्नुहोस्