माझी समुदायकी पहिलो गाउँपालिका अध्यक्षकी उमेदवार लक्ष्मी माझी भन्छिन् एजेण्डाकै कारण माओवादीले जित्छ

मकवानपुर, १४ बैशाख । मकवानपुरको बकैया गाउँ पालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रको तर्फबाट माझी समुदायकी नेतृ लक्ष्मी माझी ९ कृपा० उमेदवार बनेकी छिन् । माओवादी जनयुद्धको आधारइलाकाको रूपमा परिचित बकैया गाउँपालिकामा गठबन्धनमा काँग्रेसले सहमति गर्न नमानेपछि माओवादी केन्द्रले सबै पदमा एकल उमेदवारीी दिएको हो । पालिकाको उपाध्यक्षमा भक्त खत्रीले उमेदवारी दिएका छन् । खत्री यस अघिको स्थानीय तहको निर्वाचनमा सोहि पालिकामा अध्यक्षको उमेदवार रहेका थिए । माझी समुदायको प्रतिनिधित्व गर्दै पालिका प्रमुखमा उम्मेदवारी दिने लक्ष्मी नेपालकै पहिलो माझी महिला उम्मेदवार हुन् । “मैले बुझ्दा पालिकाहरुमा केहि माझी महिलालाई उपप्रमुखमा उठाइएको छ, एकरदुई वडामा प्रमुख पद दिइएको छ, तर गाउँपालिकाको प्रमुख पदमा भने मेरै नाम अगाडी आएकोले सम्भवत् पहिलो माझी महिला प्रमुख उम्मेदवार म नै हो भन्ने बुझ्छु ।” माझीले भनिन् ।

माओवादी जनयुद्धको समयदेखि लगातार माओवादी अभियानमा आवद्व माझी स्पष्ट बक्ता र विद्रोही स्वभावकी छिन् । महिला अधिकार र आदिवासीजनजातिको पक्षमा दृढतापुर्वक लडिरहने उनले विपन्न तथा सिमान्तकृत सुत्केरी महिलालाई पोषण भत्ता प्रदान गर्ने, महिला प्रजनन स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने, तथा दलित , जनजाति, सिमान्तकृत एवं विपन्न वर्गका लागि प्राविधिक साथै उच्च शिक्षाको लागि निब्र्याजी ऋण् अनुदान प्रदान गर्ने आफ्नो मुख्य चुनाबी एजेण्डा रहेको बताइन् ।

यसैगरी, भुमिहिन दलित भुमिहिन सुकुम्बासीलाई लाल पुर्जा वितरण, भौतिक आर्थिक विकाससङ्गै मानवीय विकासमा जोड दिने उनले बताइन् । विपन्न सिमान्तकृत दलित र विपन्न महिला तथा बेरोजगार युवाहरुको लागी स्थानीय श्रोत साधनको पहिचान व्यावसायिक तालिम साथै औद्योगिकिकरण लागि नितिगत रुपमै जोड उनको प्रतिबद्धता रहेको छ ।

त्यसैगरी गाँउ शहरबीच सन्तुलित विकास गर्ने, कृषिको आधुनिकीकरण,सहकारी प्रवद्र्धन गरी स्वरोजगार सिर्जना गर्ने , विपन्न कृषकलाई प्रोत्साहन कार्यक्रम ल्याउने, महिला दलित जनजाति लक्षित विशेष बजेट बनाउनुका साथै सांस्कृतिक प्रवद्र्धन तथा संरक्षणमा विशेष भूमिका रहने उनको प्रतिबद्धता छ ।

को हुन् त लक्ष्मी माझी

वि।सं। २०३९ साल पुष १ गते मकवानपुर जिल्लाको बकैया गाउँपालिका अधेरीमा निम्न किसान परिवारमा जन्मेकी लक्ष्मी सानैदेखि विद्रोही स्वभावकी थिइन् । २०५८ सालमा नेकपा माओवादी, पार्टी सेल कमिटी हुँदै २०६० सालदेखी पुणर्कालिन भै भूमिगत जीवन समेत व्यतित गरिन् ।

तत्कालीन पार्टीको आवश्यकताअनुसार पार्टी सेल एरिया कमिटी हुदैं २०६१ सालमा बारा जिल्ला सदस्य, सोही साल अखिल नेपाल महिला संघ (क्रान्तिकारी )  बारा जिल्ला अध्यक्ष अखिल नेपाल महिला संघ क्रान्तिकारीको रौतहट जिल्ला अध्यक्ष हुदै मकवानपुर जिल्ला अध्यक्ष र जनमुक्ति सेनाको सेक्सन कमान्डर हुँदै प्लाटुन कमान्डरसम्मको भुमिका निर्वाह गरेकी छिन् ।

हाल उनी माझी राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय सचिवालय सदस्य, नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रिय सचिवालय सदस्यको भुमिका भूमिकामा रहनुभएको छ ।

चुनाब जित्नेमा विश्वस्त

पालिका अध्यक्षकी उम्मेदवार लक्ष्मी माझीले आफ्नो चुनाबी एजेण्डाकै कारण चुनाब जित्नेमा पर्णत विश्वस्त रहेको बताइन् । उनी माओवादीले व्यवस्था बदलेको र अव अवस्था बदल्न पनि यो चुनाब जित्नैपर्ने बताउँछिन् । “गणतन्त्र, संघियता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार सिंहदरबारको अधिकार गाउँ ९गाउँमा भन्ने हाम्रो पार्टीको एजेन्डालाई जनजिविकासंग जोडेर जनताले महसुस गर्ने गरि संस्थागत विकाससंग जोड्न पनि माओवादीले जित्छ, जनताले जिताउछ भन्ने आत्मविश्वास बोकेकी छु । ”

कमेन्ट गर्नुहोस्