नौ महिनामा सवा दुई लाख नागरिक श्रमका लागि विदेशिए

काठमाडौं । कोभिड संक्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा मेनपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो ।

वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड संक्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने क्रम बढेसँगै इजाजतवाला (मेनपावर कम्पनी) ले ९ महिनामा २ लाख ३१ हजार श्रमिक विदेश पठाएको जानकारी दिए । गत वर्ष यो संख्या ३७ हजार ४०६ मात्र थियो । गत वर्ष साउन र भदौमा कुनै पनि मेनपावरले युवा विदेश पठाउन पाएका थिएनन् ।

गत वर्ष खाडी तथा मलेसियाको विकल्पमा नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ मेनपावरको कारोबार नै शून्य भएको थियो । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई मेनपावरमा कार्यरत हजारौ कर्मचारीले समेत रोजगारी गुमाएका थिए ।

कमेन्ट गर्नुहोस्