माधव नेपाल नेतृत्वको नेकपा (एस)मा आलोक रायमाजीको एनेकपा समाहित हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीमा आलोक रायमाझी नेतृत्वको पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाहित हुने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा एकता कार्यक्रम आयोजना गरी पार्टी समाहित हुन लागेको हो ।

माधब कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादीले साना कम्युनिष्ट पार्टीहरुसँग एकता अभियान अघि बढाईरहेको छ । यसैबीच केहि समय अघि गोपाल किरातीको पार्टीबाट अलगिएर बनेको आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) एकता गर्न लागेको हो ।

कमेन्ट गर्नुहोस्