युवा लेखकहरुसित म्याक्सिम गोर्कीको कुराकानी

मिलन आफन्त
आफ्नो जीवनलाई सञ्चालन गर्ने मुल शक्तिहरुलाई पत्ता लगाउन नभएर , आफ्ना विचारहरुलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धरै मानिसहरु सोच्ने र तर्क वितर्क गर्ने काम गर्दछन् । उनीहरुमा प्रायः ‘तर्क अथवा सन्देश भन्दा टाढाका’ सत्यहरुको स्थापना गर्ने आतुरी मुख्य रुपले आलोचनाहरुमा पाइन्छ र उपन्यासकार र कथाकारहरुमा पनि यस्को नराम्रो प्रभाव पर्दछ ।

लेखकको काम धेरै नै श्रेयष्कर हुन्छ ,किनभने त्यसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरुमा निहित सत्य सङ्कुचित वा विकृति हुन जान्छ । एङ्गेल्सले (एङ्गेल्स अतिनै बुद्धिमान मानिस थिए) माक्र्सबाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउने दर्शन हो भनेर एकदमै सहि भनेका हुन् । यदि साधारण रुपमा भन्ने हो भने हामी के भन्न सक्दछाँै भने हाम्रा सम्पुर्ण कामहरुको उदेश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु नै हो ।

सोभियत श्रमिकहरुको सोह्र वर्षको बिरतापुर्ण श्रमका कल्पनातीत फलहरुले सारा संसारलाई असिदिग्धहरुपले के देखाएको छ भने श्रमीक वर्गमा कति जीवन शक्ति, कति प्रतिभा र कति विराट् रचनात्मक कौशल हुन्छ । सोभियत सङ्गका हामी लेखकहरुले अहिले सम्म न यस श्रमको असिम शक्तिमत्तालाई न त त्यसका सफलताका विविधता र बाहुल्यतालाई बुझेका छौँ ।

व्यावहारिक अनुभवको ठोस आधारमा टिकेको विश्वासका साथ के भन्न सकिन्छ भने हामी आज संसारमा जुन काम गर्दैछौँ , त्यसका सम्भावनाहरु आजका सबै कुरा भन्दा र मानिसका आजसम्मका हजारँैाँ वर्षका हरेक किसिमका श्रमबाट निर्मित कुराहरु भन्दा बढी छन् । आफ्नो देशका प्रति , आफ्नो साहित्यको उत्तर दायित्वलाई बुझ्न र त्यसलाई पुरा गर्न हामीले आधुनिक संसारको गम्भिर र विशिष्ट अध्ययन गर्नु जरुरी छ ।

साहित्यका के के अङ्ग छन् ? अर्थात विम्बहरु, चरित्रहरु र समिष्टको प्रतिनिधिन्व गर्ने ( टाइप)पात्रहरुको शब्दहरुद्धारा चित्रण कसरी हुन्छ ? शब्दहरुका दर्पणमा जिवनका घटनाहरु र वास्तविकताहरु, प्राकृतिक दृष्यहरु र चिन्तनका प्रक्रियाहरुको प्रतिविम्बन कसरी गरिन्छ ।

साहित्यको मुल तत्व हो :  भाषा । भाषा नै सहित्यको मुख्य साधन हो र जीवनका यथार्थहरु सित गहिरो सम्पर्कमा आएपछि भाषाले साहित्यको कच्चा पदार्थका काम गर्दछ र यसै बाट साहित्यको निर्माण हुन्छ । एउटा असाध्यै राम्रो उखानमा भाषाको परिभाषा दिइएको छ –यो मह त होइन तर सबै ठाउँमा टाँसिन्छ । यसको अर्थ के हो भने संसारमा सङ्ज्ञा नभएको कुनै कुरो छैन ।

शब्द नै समस्त घटनाहरु र विचारहरुको परिधान हो । तर हरेक घटनाको सामाजिक महत्व त्यस घटनामा लुकेर रहेको हुन्छ र हरेक विचारमा किन कुनै बिचारको रुप अरु नभएर त्यहि नै हुन्छ ,यसको कुनै न कुनै कारण हुन्छ । यदि कुनै साहित्यक रचनाको उदेश्य घटनाहरु भित्र लुकेको सामाजिक अभिप्रायलाई समग्र भावले ,अति स्पष्टता र पुर्णता सहित उद्घाटन गर्नु रहेको छ भने सरल र भावहरुलाई एकदमै ठिक ठिक रुपमा अभिव्यक्त गर्ने क्षमता सम्पन्न भाषाको आवश्यकता हुन्छ । यस कामका लागि होसियारी साथ छानिएका शब्दहरु चाहिन्छ । हाम्रा पुराना कलाकारहरुको भाषा यस्तै थियो ।

त्यो त्यस्तो भाषा थियो ,जसलाई शताब्दीयौँको बिकास ले पुष्ट बनाएको थियो । त्यो एक वास्तवकि अर्थमा साहित्यिक भाषा हो , यद्यपी त्यसको उद्ध्भव जनताको बोलिचालीको भाषाबाट भएको हो । तथापी त्यो आफ्नो मुल श्रोत भन्दा धेरै नै फरक छ , किनभने बस्तुहरुलाई क्षणिक अस्थिर अपाष्किृत र विकृत ध्वनी भएका तत्वहरु निस्किएका छन् , जुन बोलिचालिका भाषामा पाइन्छन् । तर थुप्रै कारणले तिनको भाषाको मुल आत्मासित मेल हुदैन ।

भाषाको मुल आत्माक भन्नाले हाम्रो मुल आसय भाषाको त्यो रुपसित छ , जुन त्यसलाई बोल्ने मानिसहरुमा समान रुपले प्रचलित छ । बोलीचालीको भाषा लेखकहरुद्धारा चित्रीत चरित्रहरुको कथोकथनमा सुरीक्षित रहन्छ भन्ने स्वयंसिद्ध कुरो हो । तर त्यसको उपयोग चरित्रलाई अझ बढी सजिब ढङ्गले प्रस्तुत गर्नकालागि गरिनु पर्दछ ।

युवावस्थामा मलाई पनि नयाँ शब्द निर्माण गर्ने ठुलो सनक चलेको थियो । सरकारी वकिलहरु र अभियुक्तहरुका वकिलहरुको धारा प्रवाहि वत्तृmताले ति केटौल प्रयत्नहरु लाई धेरै नै प्रोत्साहन मिल्दथ्यो । त्यहाँँ पाप र पुण्य दुबै एउटै समान सुन्दर शब्दहरुमा छाँटिएर उभिएका हुन्थे र अभियोग लगाउँनेहरु दुबै नै एउटै शब्दावलीको प्रयोग उस्तै चातुर्यका साथ गर्दथे ।

मलाई त्यो देखेर अचम्म लाग्दथ्यो र म चाँही नयाँ शब्द बनाउँने मुर्खतापुर्ण प्रयत्नहरुमा कापीहरु एक पछि अर्काे रङ्गाएर फ्याक्दै जादै थिए । यो पनि एक किसिमको रोग नै थियो । मैले वास्तविक जीवनलाई के कुरुका लागि धन्यवाद दिनै पर्दछ भने उसले एउटा राम्रा चिकित्सकले झै मलाई चाँडै नै यस रोगबाट निको पा¥यो ।

संस्कृतिको इतिहासले हामीलाई के भन्दछ भने भाषाहरुले विशेष गरेर त्यसकालमा समृद्धि लाभ गर्दछन् , जति खेर सामाजिक आन्दोलनले तीव्र रुप लिएको हुन्छ , जतिखेर उत्पादनका नयाँ साधनहरुको प्रयोग हुनु थाल्दछ र वर्ग संघर्ष तिक्ष्णतर हुन्छ, ।हाम्रो यस भनाईको पुष्टि लोक गित, लोकोक्ति आदिबाट पुष्टि हुन्छ । बोली चालीको भाषाको विकासको प्राकृतिक ढङ्ग पनि यहि नै हो । यस क्षेत्रमा कृत्रिम “मौलिकताहरु” को पनि त्यसरी नै स्थान हुदैन , जसरी पुरना शब्दहरुलाई अर्थात अर्थ घोटिदाँ –छोटिदाँ नष्ट भैसकेका शब्दहरुलाई समातेर बसिरहने प्रकृतिलाई स्थान हुदैन । आफ्नो कुरो प्रष्ट पार्न म के भनिहालौँ भने मास्कोका सडकहरुमा हुने गफप्रति पुस्किनका मनमा निकै आदर थियो र यस दिशामा उनले आफ्नो नर्स अरिना रेदियोनोभ्नाबाट धेरै नै सिकेका थिए ।

हाम्रो बोलीचालीको भाषाका अनुपम विद्धानले स्कोभले पनि एक सैनिककी पत्नी, आफ्नी नर्सबाट धेरै नै सिकेका थिए र समान्य रुपले कुन कुरो लक्ष्य गर्न सकिन्छ भने नर्सहरु, ड्राईभरहरु, माझीहरु, सिकारीहरु र शारिरीरक श्रम गर्ने सामान्य स्थितिका महिला –पुरुषहरुले हाम्रो साहित्यीक भाषाको विकासलाई निश्चित रुपले प्रभाव पारेका छन् । तर ती साहित्यकार नै थिए, जसले दैनिक जीवनको बोलिचालीको भाषाको निर्वन्ध धाराहरुका माझबाट सबभन्दा सरल, सबभन्दा बढी अर्थबाहि र अधिकाधीक उपयुक्त शब्द चयन गरेर भाषालाइ समृद्ध बनाए । साहितयको दोस्रो अङग हो – विषयवस्तु ।विषयबस्तुको अभिप्राय त्यस विचार सित छ ,जुन साहित्यकारको मनमा जीवनबाट प्राप्त हुने अनुभवबाट उत्पन्न हुन्छ । यो बिचार साहित्यकारको मष्तिस्कमा रुपग्रहण नगरी बसिरहेको हुन्छ र यसले आफुलाई रुप देउ, चित्रित गर भनेर साहित्यकारलाई निरन्तर उद्धेलित गरि रहन्छ ।

संसारमा अनेक किसिममा विषय छ –केहीलाई सनातन विषय भन्न सकिन्छ ,जस्तो मृत्यु र प्रेम ।केही यस्ता विषय हुन्छन ,जुन सामाजिक परिस्थितिहरुबाट उत्पन्न हुन्छन र जसको मुलमा व्यक्तिबाद हुन्छ , जस्तो इष्र्या , प्रतिशोध, लोभ आदि । तर धेरै समय अघि नै कुन कुरो भनि सकिएको छ भने हरेक कुरोे परिवर्तन हुन्छ र घाम वा जुनको छायाँमा शास्वत भन्ने कुनै छैन अव क्रान्तिको घाम उदाएको छ र त्यसले हाम्रो संसारमाथि प्रकाश फैलाईरहेको छ । त्यस्ता प्रकाशमा हामी के देख्न सक्छौँ भने ति ‘शास्वत’ विषयहरुका मुलमा व्याक्तिको त्यो असहयता र करुणा मित्रहिनता थियो ,जुन हिँस्रक वर्गसङ्गर्षमा आधारित समाजमा व्यक्तिकालागि अनिवार्य हुन्छ, यो यस्तो संघर्षहो जसमा हरेक व्यक्ति अर्काे व्यक्ति सँग भातको एक गासका लागि र शक्तिका लागि लड्दै छ ।

धेरै मानिसहरु राम्ररी नै कुनै कुरो जान्दछन् भने पुँजीबादी समाजको ज्यादै ठुलो विशेषता यसका अधिकाँश सदस्य जीवनका समान्य भन्दा समान्य आवश्यकताका बस्तुहरु जुटाउन आफ्नो सम्पुर्ण शक्ति खर्च गर्दछन् । मानिसहरु आफ्नो जीवनको यो घृणित र अपमानजनक ‘विशेषता’ मा अभ्यस्त भएका छन् र यसकारणले उनीहरुले आफ्नो सम्पुर्ण ध्यान आफैमाथि केन्द्रित गर्नुपर्दछ र आफ्नै बारेमा चौविसै घण्टा सोचिरहँनु पर्दछ । त्यसो भएर पनि यस सामाजिक प्रणालीको यो भयावह प्रकृतिलाई बुझ्ने मानिसहरु भने कमै मात्र फेला पर्दछन् । समाजबादी वर्गहिन समाजको स्थापना भएपछि जुन नयाँ सामाजिक अवस्था उत्पन्न भएको छ , त्यसका कारणले यी ’शास्वत’ साहित्यीक विषयहरु मध्ये केही लोप भैसकेका छन् भने केहीको चाँही अर्थर्नैपुर्णत बदलिएको छ ।

हाम्रो युग त्यस्तो छ , जहाँ एक व्यक्तिको मृत्यु (उसको सामाजिक महत्व जतिसुकै ठुलो किन नहोस ) भन्दा कता हो कता बढी महत्वपुर्ण र धेरै करुण विषयहरु सहित्यकारले सहजै भेट्टाउँछन् ब्यक्तिबादीहरुलाई यो कुरा राम्रो लाग्दैन , तर इतिहासले त स्वयं व्यत्तिहरुलाई नै मृत्युको सजाय दिइसकेको छ ।

साहित्यको तेस्रो अङ्ग हो –विन्यास अर्थात मानिसहरुको पारस्परिक सम्बन्ध ,अन्तरविरोध ,साहानुभुति,बैमनुष्य र तिनको सामान्य आपसी सम्बन्ध । म के ठान्दथे भने यी तीन अङ्गबाट’साहित्य’ शब्दको समग्र अर्थको बोध हुन्छ , यदि हामी त्यस भित्र केवल नाटक, उपन्यास र कथालाई पार्दछौँ भने शैलीका सम्बन्धमा हामी कुराकानी गर्न सक्दछौ तर त्यो एउटा त्यस्तो कुरा हो, जुन लेखकको प्रतिभाको व्यक्तिगत गुण हो , यद्यपी के कुरो विर्सन हुदैन भने यी व्यक्तिगत विशेषताहरुको उत्पति र विकास पनि बाहिरी कारणबाट निर्धारित हुन्छ ।

म केही कुराहरु यथार्थबादका बारेमा भन्न चाहन्छु । कुन दृष्टिले भने यो उन्नाइसौँ शताब्दीको साहित्यको आधारभुत र सबभन्दा बढी फलप्रद प्रकृति हो । एउटा त्यस्तो प्रवृति ,जुन विसौँ शताब्दी सम्म प्रचलनमा छ । यस प्रकृतिको सबभन्दा ठूलो विशेषता यस्को तिक्ष्ण बुद्धिबाद र आलोचना दृष्टि हो । जुन मानिसहरुले यसलाई जन्माए , ती मानिसहरु खासगरी त्यस्ता मानिस थिए ,जो प्रष्ट रुपमा आफ्ना वर्ग सामाजिक र रचनात्मक दृष्टिले पुंसत्वहीनताको परिचय उनीहरुले आफ्नो शक्तिलाई यथावत राख्ने प्रयत्न स्वरुप यस वर्गले गरेको वर्वर दमनमा पाए ।

यदि मानिसहरुलाई पुजीँपति वर्गका ‘उच्शृङ्खल पुत्र’ भन्न सकिन्छ । बाइवलमा जुन ‘प्रोडिगल सन’ को उल्लेख भएको हो, त्यहि सरह यी मानिसहरुले आफ्नो परिवारको कारागारलाई भत्काए र जड मनबादी र परम्पराबाट प्राप्त संस्कारहरुको भारीबाट आफुलाई मुक्त्त पारे । यी मध्ये धेरै जसो मानिसहरु आफ्नो मन परेको खाना खान फेरी आफ्नो वर्गमा फर्किएनन्, यसका लागि हामीले तिनलाई धन्यवाद दिनै पर्दछ । उन्नाइसौँ शताब्दीको युरोपेली यथार्थबादीहरुका बारेमा हाम्रो दृष्टिकोण बुर्जुवा आलोचकहरुको मतबाट धेरै नै प्रभावित छ ।

यी आलोचक भाषा र विषयको गुण –दोसको विवेचना गर्दछन् तर विषयवस्तुको सामाजिक महत्वलई पक्ता लगाउने र तिनको उद्घाटन गर्ने साहित्यको सामाजिक महत्वलाई बुझे । स्तान्धालको स्वागत आलोचकहरु मौनताले गरे । हाम्रो देशमा ज्यादै थोरै मानिसहरु विदेशी पुस्तकहरु मौलिक भाषामा पढ्छन् र त्यस भन्दा पनि कम मानिसहर पश्च्मिका साहित्यकारहरुको जीवनको इतिहाँस, उनीहरुको कार्य प्रणाली र विकास सित परिचित छन् । पुँजीपति वर्गका यी ‘उच्छृङ्खल पुत्रहरु’को साहित्य कुन दृष्टिले ज्यादै मुल्यवान छ भने वास्तविकताहरु प्रति यिनको दृष्टिकोण आलोचनाको छ । उन्नाइसँौ शताब्दीमा धेरै बैज्ञानिक र औद्योगिक प्रगति भयो । यसको फलस्वरुप पुँजीबादी राज्यहरुको आर्थिक आधारलाई सुदृढ बनाउन निकै नै सफलता प्राप्त भयो । तर फ्रान्सेली साहित्य त्यतिखेर यो युरोपको प्रदान साहित्य थियो –पुँजीपतिहरुको यस हलचलबाट त्यति खुसी थिएन र उसले मेसिनहरुको बढदो प्रभावको प्रशस्तीमा गीत गाएन ।

त्यस समाजमा व्यक्तिलाई आफ्नो स्थिति अनिश्चत लाग्दथ्यो । त्यहि अनिस्चितता जन्य निराशाको पुर्ण स्वीकृति उन्नाइसाँैँ शताब्दीको साहित्यको मौलिक र मुख्य विषय बस्तु हो । शोपन हावर, हार्टमन , लियोपार्दी, स्टर्नर र अन्य अनेकौँ दार्शनिकहरुले जीवनको व्यर्थथाको उपदेश दिएर यस चेतनालाई अझ बढी पुष्ट नै बनाए । जीवनलाई व्यर्थ ठान्ने यस दर्शनको मुलमा पनि ब्यक्तिको आरक्षणीयत र समाजमा उसको एक्लोपनको चेतनाले नै काम गरेको थियो । सोभियत संङघको विजयी वर्गले जुन नयाँ संसारको निर्माण गरेको छ , त्यसमा व्यक्ति आर्केटिकको हिम प्रदेशहरुमा हराउँने वा मृत्युको स्थायी आशङ्कामा रहँनुपर्ने स्थितिमा समेत आफुलाई एक्लो र असाहय अनुभव गर्दैन ।

उन्नाइसाँै शताब्दी निराशाबादी दर्शनहरुको शताब्दी हो । विशौँ शताब्दीमा आएर यो निराशाबादले स्वभाविक रुपले हासोन्मुख समाज तिर घोरतम उदासिनता र कठोरतम नैराश्यको रुपमा लिन पुग्यो । यसको भुमरीमा परेर त्यो मानवताबादलाई पनि पुर्णतया तिलाञ्जली दिइयो, जसका बारेमा पहिलेका सबै पुँजीपतिहरुलाई ठुलो घमण्ड थियो । दया र सहानुभुतिको जुन ढोङ र अडम्बरले भरीपुर्ण नैतिकताको प्रतिपादन शोपेनहावरले गरेका थिए ,धेरैले जसलाई स्वीकार पनि गरेको थिए, त्यस माथि सिद्धान्तको क्षेत्रबाट नित्सेले भयानक रुपले प्रहार गरे भने व्यवहारको क्षेत्रबाट फासिबादले अझ अरु भनायक र निश्चयात्मक रुपमा त्यसलाई क्षत्वीक्षत् बनाउने काम ग¥यो । आज पुँजीपति वर्गको कमजोर हुदैँ गएको हातबाट यो शक्ति कायम राख्न पूजीपति वर्ग हिटलरी फासीबादको रुपमा जुन वर्ग सङ्घर्षमा प्रवृत हुन्छ , त्यसमा उ मानिस प्रति घृणा र जीवन प्रति असिम नैराश्यको प्रचारलाई नै आफ्नो मुख्य हतियार बनाउँछ ।

यहीनेर के पनि थप्नु उचित होला भने पुँजीबादका केही सुयोग्य नोकरहरुलाई पनि (पुँजीबादी व्यवस्सथामा ) व्यक्तिको समाजिक स्थितिको अस्थायित्वको आभाष र आभाष्मात्र होइन, ज्ञान समेत थियो । उन्नाइसँैँ शताब्दीको लगभग सबै आत्म जिवनी छाडेर जाने प्रमुख सार्वजानिक मानिसहरुले पुँजीबादी समाजको अत्यन्त असन्तोषजनक सङ्घटनका बारेमा विस्तृत रुपमा लेखेका छन् । सोभियत सङघका विजयी श्रमीकहरुले आजसम्म जुन अनेकौँ सेवाहरु गरेका छन्, तिनमा एउटा के पनि हो भने उसका आश्चर्यजक र विरतापुर्ण कार्यहरुले संसारबाटै निराशबादका खियाहरुलाई खुर्केर फ्याँकिएको छ ।

पुँजीपति वर्गका ’उच्शृङखल पुत्रहरु’ को यथार्थबादको दृष्टि आलोचनापरक थियो । त्यसले समाजका खराबीहरुको अनावरण गर्यो र पारिवारिक संस्कारहरु,धार्मीक जडताहरु वा कानुनी दाउपेचहरुको बन्धनमा जकडिएको व्यक्तिको जीवनको रोमाञ्चक कथा लेख्यो । तर यसले मानिसहरुलाई यो कारागारबाट मुक्त हुने बाटो भने देखाउन सकेन। हरेक कुराको आलोचना गर्नुत सहज थियो तर आलोचकहरुसित समाजिक जीवन वा साधारण तयाः‘जीवन’ एउटा एकदमै निरर्थक बेइमानी कुरा हो भन्नु अरुभन्दा अरु केही नै थिएन । आलोचक स्वयंले कुन खालको समाज चाहान्छन् ? त्यसको कुनै निश्चत रुपरेखा उनीहरु सित थिएन । यो कुरो बाइरन देखि टमस हार्डी (सन्३२ मा मरे) सम्म , शातोबियाँका पुस्तकहरुदेखि बोदलेयर र आनातोले फ्रान्स(यिनको सन्देहबाद धेरै निराशाबाद सित मिल्दो जुल्दोछ ) सम्म अनेकँैाँ लेखकले भनेका छन् ।

साहित्य सामाजबादी यथार्थबादको अवतरण कुन किसिमले हुन सक्छ भने यो वास्तविक जीवनमा घट्ने समाजबादी रचनात्मक क्रियाहरुको दर्पण बनोस । के हाम्रो साहित्यमा यस्तो यथार्थबादको आगमन हुन सक्दछ ? हुन सक्ने मात्रै होइन ,अवश्य नै हुन्छ, किनभने अहिलेको बेलामा पनि क्रान्तिकारी समाज रचनाका त्यस्ता उदाहरण हाम्रो देशमा छन् र तिनको सङ्ख्या बढ्दै मात्र जाँदो छ । हामी त्यस्तो देशमा बस्छौँ र काम गर्छौ, जहाँ गौरवपुणर्, सम्मानपुर्ण र विरतापुर्ण काम हुनु एउटा कति साधारण कुरो जस्तो मात्र हुन थालेको छ भने धेरैको त दैनिक पत्रपत्रिकाहरुमा चर्चासम्म हुदैन । जहाँसम्म हाम्रा लेखकहरुको सम्बन्ध छ , उनीहरु यिनका बारेमा किन लेख्दैनन् भने उनीहरुको ध्यान अहिलेसम्म पनि आलोचनापरक यथार्थबादीको त्यही धारा सम्म सिमीत छ , जसको दृष्टि एकदमै स्वभाविक र सङ्गतरुपले जीवनका न्युनता र अक्षमताहरुमा छ ।

यहाँ म कुन कुरामा तपाईहरुको ध्यान आकृष्ट गर्न चाहाछु भने मिथ्या , भाषण, पाखन्ड र सङकीर्ण मानसिकता आदि यस्ता दोष हुन , जुन प्राकृतिक कारणहरुबाट उत्पन्न हुन्छन र यी कारणहरुबाट हटाउन सकिन्छ । युवा लेखकहरुले साहित्यिक कार्यहरुको कठिनतालाई बुझ्न आवश्यक छ । यसका साथै उनीहरुले सधैभरी के मा पनि ध्यान दिनुपर्दछ भने हाम्रो युगले हमीसित कस्तो साहित्यको माग गरेको छ र लेखकका रुपमा आफ्ना पाठकहरु प्रति हाम्रो के उत्तर दायित्व हुन्छ । यस भन्दा पहिले यस्तो कुनै पाठक समुदाय थिएन, जो हाम्रो स्नेह र आदरको त्यतिकै पात्र होस ,जति आजको सोभियत पाठक समुदाय छ ।
–विश्व सन्देश (वर्ग दृष्टि) बाट
(शताब्दी वर्ष व्यक्ति मिलन आफन्तको ऐतिहाँसिक प्रस्तुती )

कमेन्ट गर्नुहोस्