यस्तो छ महालक्ष्मी नगरपालिकाको मतको आँकडा, दश वटै वडाको लेखाजोखा

सूर्य सुवेदी
ललितपुर । महालक्ष्मी नगरपालिका ललितपुर जिल्लाका तीन नगरपालिकामध्ये एक हो । महालक्ष्मी नगरपालिकामा जम्मा १० वटा वडाहरु छन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा यो नगरपालिकामा नेकपा (एमाले) का रामेश्वर श्रेष्ठले प्रमुखमा जितेका थिए भने उपप्रमुखसहित ८ वडा पनि एमालेकै हातमा गएको थियो । काँग्रेसले एउटा वडा र माओवादी केन्द्रले एउटा मात्रै वडा जित्न सफल भएका थिए ।

२०७४ मा महालक्ष्मीको नतिजा
स्थानीय तहको निर्वाचन २०७४ मा महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका रामेश्वर श्रेष्ठले ७ हजार ७ सय ६४ मत ल्याई काँग्रेसका उमेद्वार महेश खड्कालाई झिनो मतले पराजित गरेका थिए । त्यो निर्वाचनमा काँग्रेसका उमेद्वार महेश खड्काले प्रमुखमा ६ हजार ८ सय ५ मत र माओवादी केन्द्रका शिव प्रसाद कट्टेलले ४ हजार ३ सय मत प्राप्त गरेका थिए । २०७४ मा महालक्ष्मी नगरपालिकाको उपमेयरमा एमाले उमेद्वार निर्मला थापा ८ हजार ६३६ मत ल्याई निर्वाचित हुँदा कांग्रेसका उमेदवार लक्ष्मी श्रेष्ठ ६ हजार ८०५ मत ल्याई दोस्रो र माओवादी केन्द्रका उम्मेदवार लक्ष्मी महर्जन ४ हजार १८८ मत ल्याई तेस्रो भएकी थिइन् ।

२०७४ को वडाको परिणाम
२०७४ को स्थानीय निर्वाचनमा यो नगरपालिकाको १० वडा मध्ये ८ वटा वडा नेकपा एमालेका उम्मेदवारहरुले जितेका थिए । वडा नम्बर १ मा एमालेका उम्मेदवार नन्दकुमार न्यौपाने ६९४ मत ल्याई बिजय हुदा माओवादी उमेदवार अभिषेक खत्री ३६२ मत ल्याई दोस्रो र काग्रेसका उम्मेदवार शेखरकुमार केसी २७९ मत ल्याई तेस्रो भएका थिए ।

वडा नं. २ मा एमाले उमेदवार राम बहादुर सुवेदी ४६१ मत ल्याई विजयी हुँदा काग्रेसका उम्मेदवार राजेश सुवेदी २७१ मत ल्याई दोस्रो र माओवादीका उम्मेदवार सुरेस महर्जन १९९ मत ल्याई तेस्रो भएका थिए।
यसैगरी वडा नम्बर ३ मा एमाले उम्मेदवार कुबेर केसी ६२४ मत ल्याई विजयी हुदा कांग्रेसका उम्मेदवार जयकुमार केसी ५८३ मत ल्याई दोस्रो र १२५ मत ल्याई माओवादी केन्द्रका उम्मेदवार सुमन केसी तेस्रो भएका थिए ।
वडा नम्बर ४ को कुरा गर्दा एमालेका उम्मेदवार लक्ष्मण रोका १ हजार ६२ मत प्राप्त प्राप्त गरि विजयी हुदा कांग्रेसका पुष्पराज खत्री ५२४ मत ल्याई दोस्रो र माओवादी उम्मेदवार कृष्णबहादुर थापा २०७ मत ल्याई तेस्रो भएका थिए ।
वडा नम्बर ५ मा एमालेका उम्मेदवार राजकुमार सिलवाल ८२७ मत ल्याई विजयी हुदा कांग्रे्रेस उम्मेदवार विनोद थापा ६८९ मत ल्याई दोस्रो र ३२२ मत ल्याई माओवादीका उम्मेदवार शरद रानामगर तेस्रो भएका थिए ।

महालक्ष्मी नगरपालिकाको वडा नम्बर ६ लाई केलाउदा कांग्रेसका उम्मेदवार वासुदेव महर्जन १ हजार ३४२ मत ल्याई विजयी हुदा माओवादीका उम्मेदवार महेन्द्रकुमार महर्जन १हजार ३३९ मत ल्याई दोस्रो र एमाले उम्मेदवार रवीन्द्र प्रसाद नेमकुल ४२५ मत ल्याई तेस्रो भएका थिए ।
यो नगरपालिकाको वडा नम्बर ७ को कुरा गर्दा नेकपा (एमाले) उमेदवार नकुल थापा ५५२ मत ल्याई विजयी हुदा कांग्रेसका उम्मेदवार नन्द केसी ४३६ मत ल्याई दोस्रो र माओवादीका उम्मेदवार अर्जुनकुमार थापा ४१३ मत ल्याई तेस्रो भएका थिए ।
यस्तै वडा नम्बर ८ मा नेकपा (एमाले) का उमेदवार विश्वराज श्रेष्ठ १ हजार ४६९ मत ल्याई विजयी हुदा कांग्रेसका श्याममोहन श्रेष्ठ १ हजार १९४ मत ल्याई दोस्रो र माओवादी उम्मेदवार सानुकान्छा श्रेष्ठ १ हजार २ मत ल्याई तेस्रो भएका थिए ।
१हजार ३६२ मत ल्याई वडा नम्बर ९ मा एमाले उम्मेदवार वासुदेव शर्मा निर्वाचित हुदा ९६६ मत सहित कांग्रेसका उम्मेदवार जयकृष्ण वोगोटी दोस्रो र ४०७ मत सहित माओवादी उम्मेदवार मोहन कृष्ण तण्डुकार तेस्रो भएका थिए ।
वडा नम्बर १० मा १६८ मत ल्याई माओवादी केन्द्रका उम्मेदवार बलराम लामा विजयी हुदा १३० मत सहित एमाले उम्मेदवार मिनबहादुर तामाङ दोस्रो र ५९ मत सहित कांग्रेस उमेदवार पेमा लामा तेस्रो भएका थिए ।

२०७९ को नालिबेली
स्थानीय निर्वाचन २०७९ सालको स्थानीय निर्वाचन र महालक्ष्मी नगरपालिकाको चर्चा गर्दा २०७४ को स्थानीय निर्वाचनको परिणाम भन्दा धेरै फरक अबस्थामा यो नगर छ ।
दुई ठुला दल काग्रेसस र नेकपा (माओवादी केन्द्र) को नगरपालिकामा गठबन्धन भएको छ । यो पालिकामा गठबन्धनका तर्फबाट कुनै बागी उम्मेदवार रहेका छैनन । गठबन्धनका तर्फबाट प्रमुखमा माओवादी केन्द्रका शिव प्रसाद कट्टेल र उपप्रमुखमा गठबन्धनका तर्फबाट काग्रेसस नेतृ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । गठबन्धनले १० वडा मध्ये अलि धेरै वडा कांग्रेसलाई र अलि कम वडा माओवादी केन्द्रलाई दिने सहमति गरेको छ । गठबन्धनको वडाहरु भने भगबण्डा भैसकेको छैन ।

नेकपा (एमाले) ले मेयरमा हरिगोविन्द श्रेष्ठलाई र उपमेयरमा विना सुवेदी केसीलाई निर्वाचनमा उतारेको छ भने उसले १० वटै वडामा आफ्नो उम्मेदवार खडा गरेको छ । साथै यो पटक नेकपा (एमाले) बाट विभाजित नेकपा (एकिकृत समाजवादी) ले पनि मेयर सहित धेरै वडाहरुमा आफ्नो छुट्टै उम्मेदवार प्रस्तुत गरेको छ ।
नेकपा एकीकृत समाजवादीले मेयरमा पहिला वडा नम्बर ७ का एमालेबाट निर्वाचित वडा अध्यक्ष नकुल थापालाई मेयरमा अघि सारेको छ । जो २०७४ को स्थानीय निर्वाचनमा एमालेबाट ७ नम्बर वडामा निर्वाचित भएका थिए ।

महालक्ष्मीमा गठबन्धन र एमालेको मतान्तर
स्थानीय निर्वाचन २०७४ को मत परिणाम र माओवादी र काग्रेसले पाएको मत जोड्दा महालक्ष्मी नगरपालिकामा गठबन्धनको मत ११ हजार १०५ हुन आउँछ । यसमा त्यतिबेला सग्लो एमालेले पाएको ७ हजार ७६४ मत घटाउदा मेयरमा शिव प्रसाद कट्टेल ३ हजार ३ ४१ मत भन्दा बढि मतले निर्वाचित हुने देखिन्छ भने गठबन्धना उपमेयर उमेदवार लक्ष्मी श्रेष्ठ महर्जन १ हजार ८५४ मत भन्दा धेरै मतले निर्वाचित हुने देखिन्छ । स्थानीय निर्वाचन २०७४ को मत परिणाम अनुसार वडा नम्बर १ मा गठबन्धन उम्मेदवार ५२ मतले पछि, वडा नम्बर दुईमा ९ मतले अघि, वडा नम्बर ३ मा ८४ मतले अघि, वडा नम्बर ४ मा ३ ३१ मतले पछि , वडा नम्बर ५ मा १ ८४ मतले अघि, वडा नम्बर ६ मा २ ५६ मतले अघि, वडा नम्बर ७ मा गठबन्धन २९७ मतले अघि, वडा नम्बर ८ मा ७२७ मतले अघि, वडा नम्बर ९ मा १२ मतले अघि र वडा नम्बर १० मा गठबन्धन ९७ मतले अघि रहेको देखिन्छ ।

सहज छैन एमालेलाई
स्थानीय निर्वाचन २०७४ मा यो नगरपालिकामा केही बलियो देखिएको नेकपा (एमाले) लाई २०७९ मा आउँदा पुरानो साख जोगाउन केही जटिलताहरु थपिएका छन । २०७४ मा नेकपा (एमाले) सग्लो थियो । अहिले एमाले सग्लो छैन । एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) गठन भईसकेको छ । यो पटक एमाले फुटको असर महालक्ष्मी नगरपालिकामा पनि पर्ने देखिन्छ । २०७४ सालको स्थानीय निर्वाचित यस नगरपालिकाका उपप्रमुख सहित वडा नम्बर १ का वडा अध्यक्ष नन्दकुमार न्यौपाने, वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण रोका र वडा नम्बर ७ का वडा अध्यक्ष नकुल थापा माधवकुमार नेपालको एकीकृत समाजवादी तिर लागेका छन । तुलनात्मक हिसाबमा उल्लेखित वडाको मतदाताहरु पनि अरु वडामा भन्दा बढी छन र समाजवादीले अरु धेरै वडाहरुमा आफ्नो उम्मेदवारहरु खडा गरेका छन् । समाजवादीले एमालेको निक्कै मत काट्ने अनुमान महालक्ष्मी नगरपालिका बासिन्दाको अनुमान छ । २०७४ को निर्वाचनमा ठुला दलहरू छुट्टाछुट्टै निर्वाचन लडेका थिए तर यो पटक काग्रेस र माओवादीको मोर्चा बनेको र एमालेबाट विभाजित समाजवादी पनि निर्वाचनमा होमिएका कारण एमालेलाई विरासत जोगाउन निक्कै कठिन देखिन्छ ।

कमेन्ट गर्नुहोस्