प्रेम र विवाह : नारी र पुरुषको अटुट बन्धन

लेखक : मिलन आफन्त

युवती साथीहरुसँग हात मिलाएको बाहेक मसँग कुनै अनुभव छैन । वास्तवमा भन्ने हो भने आज सम्म ब्रम्हकुमार बस्ने सकेकोमा म अत्यन्तै गर्व गर्दछु र जीवनभर ब्रम्हकुमार रहने प्रण गर्दछु । यो मेरो जीवनको एक प्रमुख लक्ष्य हो ।

शिशिर श्रेष्ठ ( चरीत्रवान युवा )

मानव जीवनमा प्रेम र विवाहको ठुलो महत्व छ । “ प्रेम र विवाह” नारी र पुरुषको अटुट बन्धन हो । भनिन्छ प्रेम र विवाहमा बिचरण गरेका युगल जोडी प्रति भगवान पनि हर्षित हुने गर्दछन् । दुई जना ( प्राय केटा र केटी ) बिच प्रेम सम्बन्ध हुन्छ र पछि ति दुबै ले आपसमा बिहे गर्छन् त त्यो प्रेम विवाह कहलिन्छ । यसमा अभिभावक भन्दा पनि प्रेम जोडीको सहमति हुन्छ । वर्तमान युवाहरुले रोजेको र धेरै चल्तिमा रहेको बिहे प्रणाली हो यो । युवाहरुको बिश्वास हुन्छ कि प्रेम विवाह उत्तम विवाह हो किनकि आफ्नो जीवन साथीलाई राम्ररी बुझ्न सकिएको हुन्छ । हुनत प्रेम विवाह नै वर्तमान विश्वको सबैभन्दा उत्तम प्रक्रिया हो । तर पनि प्रेमि र प्रेमिकाको विवाहमा बुवा , आमा लगायत परिवारका अन्य सदस्यको पनि चित्त बुझाउन सके सुनमा सुगन्ध हुने कुरामा कुनै दुईमत छैन ।

प्रेम गरेपछि विवाह गर्ने पर्छ ? यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन् , प्रेम र विवाह दुई फरक हुन् । प्रेम गर्दैमा विवाह गर्नु पर्छ भन्ने छैन । अर्काथरी भन्छन , प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ , तबमात्र प्रेम सम्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैशालु सुखभोग मात्र होइन । त्यसैले जो सँग प्रेम गरिन्छ , उसलाई भावीजीवन साथीको रुपमा हेर्ने गरिन्छ । विवाह जीवनमा अपरिहार्य कुरा भएकोले हामी यति भन्न सक्दछौँ । जो सँग प्रेम सम्बन्ध छ , उसैसँग विवाह गर्दा उपयुक्त हुन्छ । त्यसैले प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमि ÷ प्रेमिकाको आनीबानी , ब्यवहार , सोच , चिन्तन, उद्देश्य , अपेक्षा सबै कुरा मुल्यांकन गर्न सकिन्छ । आफ्ना प्रेमी–प्रेमिकाले आफुसँग कस्तो ब्यवहार गरिरहेका छन् ? आफुलाई कुन रुपमा हेरेका छन ? त्यसबारे बुझ्नुपर्छ । आजकल युवायुवतीले प्रेममा रुपलाई बढी महत्व दिएको देखिएको छ तर प्रेम , विवाहमा प्रमुख पक्ष बानी, ब्यवहार र उस्को विचार हो । रुप त गौण पक्ष हो । जीवनलाई खुशी र सुखि बनाउनु छ भने युवा युवतिले आफ्नो पार्टनरको समुच्च ब्यक्तित्वको मूल्यांकन गर्नु पर्दछ ।

प्रेम र जीवन एक अर्काका परिपुरक हुन् । जहाँ जीवन छ त्यहाँ प्रेम छ । जुन जीवनमा प्रेमको भाव ब्यक्त हुदैन् , त्यो प्राकृतिक होइन, कृतिम हो । कृतिमतामा शरीर मात्र हुन्छ , जीवन हुदैन । जीवनको अर्थ नै जीवन्तता हो । प्रेम शाश्वत सत्य हो । संसारका हरेक ब्याक्तिमा प्रेम विषयक गुण हुने भएकोले नै प्रेमलाई शाश्रवन सत्य भनिएको हो तर पनि कतिपय मानिस कृतिम सत्य (जो हामी आँखाले देखिरहेका छौं ) को आडमा शाश्वत सत्यलाई ढाक्न खोज्छन् । यही कारणले प्रेम र जीवन माथि धेरैको बुझाई सामाजिक धरातलमा मात्र छ । मनोबैज्ञानिक धरातल प्रति मानिसहरु उदासिन छ । जबकि प्रेम सामाजिक विषय होइन यो त विशुद्ध मनोबैज्ञानिक विषय हो । प्रेम जीवनको सबैभन्दा महत्वपुर्ण पाटो हो । प्रेम विनाको जीवन अपूर्ण मात्र हुदैन , प्रेम बिनाको जीवनको कल्पना नै गर्न सकिदैन । प्रेम सम्बन्धमा सही पार्टनर चुन्न नसकेमा जीवनभर असर गर्ने हुनाले यस सम्बन्धमा हामी सचेत हुनु पर्दछ । सफल प्रेमले दुई पल हेर्दैन यो त जीवन भर प्रेमलाई अटुट सम्धुर बन्धन लगायत बनाउन सक्दछन् । हाम्रो जीवननै प्रेममा अडेको छ भन्दा अत्युक्ति नहोला ।

प्रेम र विवाह बिल्कुलै भिन्न कुरा हुन् । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपय ले त विवाहलाई मिलन भन्दा पनि सम्झौता भन्छन् । पछिल्लो समय अधिकांश प्रेम सम्बन्ध विवाहमा परिणत भैरहेका छन् । जुन उचित पनि हो । विवाहमा परिणत भएका यी प्रेम कहानीहरु सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । यद्यपि प्रेम जस्तो स्वत ः स्फुर्त विषयलाई विवाह जस्तो सम्झौतामा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाही कसैले बिचार गरेको पाइदैन । नारी र पुरुष एक अर्का बिना बँच्न सक्दैनन् , त्यसैले बिवाहको ब्यवस्था गरिएको हो । यसरी माछा पानी बिना बाँच्न सक्दैंन , त्यसरी नै मानिस प्रेम बिना बाँच्न सक्दैन । तसर्थ , उमेर पुगेका युवा युवति बिच प्रेम सम्बन्ध स्थापित हुनु स्वभाविक प्रकृया हो । युवा युवतिले प्रेम भावना एक अर्कामा आदान प्रदान गर्नाले मन हलुङ्गो हुन्छ भने यी दुई बिच समधुर सम्बन्ध स्थापना हुन पुग्दछ तसर्थ प्रेमलाई भगवानको उपहार भनिएको हो । हाम्रो समाजले विवाह पछि भने नारीलाई पुरुषको नियन्त्रणमा राख्न खोजेको पाइन्छ तर युवा चिन्तक शिशिर श्रेष्ठ विवाहमा नारीको दर्जा पुरुषको वराबर हुनुपर्नेमा जोड दिनु हुन्छ ।

अब कस्ता प्रेमी , प्रेमीका सँग जीवन विताउन सकिन्छ ? वा कस्तो प्रेमि , प्रेमिका बिच विवाह गर्दा उपयुक्त हुन्छ ? यस बारेमा छलफल गरौं । यदि प्रमी, प्रेमीकाले आफ्नो हरेक कुरामा चासो राख्छ , स्वास्थ्य स्थितिमा ख्याल राख्छ , पारिवारीक कुरा जान्न उत्सुक रहन्छ , करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरुलाई भावी जीवन साथीको रुपमा स्वीकार्न सकिन्छ । आफ्नो ब्याक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने , दुः ख सुख साझेदार गर्ने प्रेमि र प्रेमिका सँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य सम्बन्ध समधुर हुन्छ । आफ्नो स—सानो कुरामा ख्याल राख्ने , कस्तो लुगा सुहाउँछ र कस्तो सुहाउँछैन, के खायो के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने जीवन साथीको रुपमा उपयुक्त हुन्छन् । प्रेम सम्बन्धमा रहेकै बेला आफ्ना प्रेमि र प्रेमिकालाई जीवन साथीको रुपमा स्विकार्न वा अगाल्न सकिन्छ कि सकिदैन भनेर निक्रर्यौल गर्न सकिन्छ । यतिबेला के छुट हुन्छ भने , आफ्नो जीवनमा प्रेमि र प्रेमिका मन नपरेको अवस्थामा त्याग्नको लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमीकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रेकअप गर्न सकिन्छ । आफ्नो जीवनसाथी रोज्ने अवसर स्वयं युवा, युवतिलाई दिनु पर्दछ । यस्मा अभिभावकहरुले अनावश्यक दबाब दिनु हुदैन । आफुलाई मन परेको ब्यक्ति आफ्नो भावना मिल्ने ब्याक्तिसँग विवाह गरेर सुन्दर र स्वर्णिम संसारमा रमाउने अवसरको सदुपयोग गर्न सम्पुर्ण प्रेमि , प्रेमीकामा हार्दिक अनुरोध गर्दछौं । तसर्थ अन्तमा प्रेम र विवाह ः नारी र पुरुषको अटुट बन्धन हो भन्दा हो भन्दा अत्युक्ति नहोला , …………………… धन्यबाद ।

( गुगलको सहयोगमा तयार पारिएको )

कमेन्ट गर्नुहोस्