धमाधम ‘ब्याक’ हुँदै माओवादी केन्द्रका बागी उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवार तथा सत्तारुढ गठबन्धनमा भएको सहमतिविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रकै कतिपय कार्यकर्ता ‘ब्याक’ भएका छन् ।

उम्मेदवारी मनोनयन फिर्ता लिने समय गुज्रिनै लाग्दा शुक्रबार माओवादी केन्द्रका कतिपय बागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

सिन्धुपाल्चोकको चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका अमान सिं तामाङले उम्मेदवारी फिर्ता लिएका छन् । उनले चौतारा साँगागढी चोक नगरपालिकाको मेयर पदमा आधिकारिक रुपमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सापकोटालाई समर्थन गर्दै उम्मेदवारी लिएका हुन् ।​

यो पनि
माओवादीका ‘बागी’ अमान सिंह तामाङले फिर्ता लिए उम्मेदवारी
​यस्तै, मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी लक्ष्मीमाया माझी ९कृपा०ले पनि मनोनयन फिर्ता लिएकी छन् ।

उनले सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवार काँग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष पदबाट मनोनयन फिर्ता गरेकी हुन् ।

सत्तारुढ गठबन्धनको शुक्रबार बसेको बैठकले पनि गठबन्धनभित्र भएको सहमति विपरीत उम्मेदवारी दिएका कार्यकर्तालाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेको थियो ।​

कमेन्ट गर्नुहोस्