अलमुताईरीले बन्द प्रशिक्षणमा बोलाए १७ नयाँ खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले १७ जना नयाँ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । बन्द प्रशिक्षणमा रहेका १० खेलाडीले प्रशिक्षण छाडेपछि अलमुताईरीले १७ नयाँ खेलाडीलाई अवसर दिएका हुन् ।

 

थप गरिएका १७ खेलाडीले बिहीबारबाटै प्रशिक्षण सुरु गरिसकेका छन् ।

यस्तो छ नयाँ खेलाडीहरूको टिम
विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्जप्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुपबहादुर लामा, शिव गुरुङ, अविशेक बराल, रोशन राना, संजोक राई, मनिष मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ

कमेन्ट गर्नुहोस्