पूर्वी रुकुममा एमाले–काँग्रेसका संयूक्त उम्मेदवारले गरे उम्मेदवारी फिर्ता

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबाट पूर्वी रुकुमको भुमे गाउँपालिकाका अध्यक्षका उम्मेदवार भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्। काँग्रेस एमालेबाट संयूक्त रुपमा उठाएका ओलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

 

उनी काँग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवारी दिएका थिए। उपाध्यक्षमा एमालेका कमानसिंह डाँगीले उम्मेदवारी दर्ता गराएका छन्। डाँगीले भने उम्मेदवारी फिर्ता गरेका छैनन्। माओवादी केन्द्रबाट होमप्रकाश श्रेष्ठले अध्यक्षमा र उपाध्यक्षमा सविना बुढाले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेस एमालेका संयूक्त उम्मेदवार ओलीले उम्मेदवारी फिर्ता लिएपछि माओवादीबाट अध्यक्षमा उठेका श्रेष्ठलाई चुनाव जित्न सहज हुने भएको छ।

कमेन्ट गर्नुहोस्