गल्याङमा माओवादीको मेयर नै किन ?, यस्ता छन्- उम्मेदवार घनश्यामका प्रतिबद्धता

स्याङ्जा । स्याङ्जाका विभिन्न स्थानीय निकाय र देशैभर सत्ता गठबन्धनले संयुक्त रुपमा चुनाव लडेको भएता पनि स्याङ्जाको गल्याङ नगरपालिकामा भने गठबन्धन दल स्वच्छ  चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । माओवादी केन्द्र गल्याङ नगरपालिकाले सबै वडामा आफ्ना उम्मेदवारहरु अघि सारेर चुनावी मैदानमा छ । नगर समितिले गल्याङ नगरपलिकामा मेयरमा घनश्याम भट्टराई र उपमेयरमा हेमाकुमारी ताराङ सामनालाई अगाडी सारेको छ । गल्याङ नगरपालिकामा माओवादी केन्द्रले नयाँ इतिहास रच्ने बताउदै मेयरका उम्मेदवार घनश्यामले भने “मनोनयनमा दावी विरोध सकिएको छ, गल्याङ वासीले पुराना पार्टी एमाले र कांग्रेसलाई पटक–पटक मत दिएका छन् । गणतन्त्र,संघियता, संविधाको जननी माओवादी केन्द्र महिला दलित,जनजाति सबैको अधिकार स्थापित गर्ने र स्थानीय सरकारको अवधारण ल्याउने पार्टी हो । त्यसैले यो पटक गल्याङ वासीले विवेक प्रयोग गरेर माओवादी केन्द्रलाई मतदान गर्ने छन् ।”
उनले आफु सबै पार्टी र जनतासँग सहकार्य गर्दै नगरको समुन्नतीमा जनताको सेवक बन्न चाहेको बताएका छन् । गल्याङ नगरपालिकाको श्रोत र साधनले धैरै काम गर्न सकिने बताउने घनश्यामले मतदाता सामु आफ्ना प्रतिबद्धता अघि सारेका छन् ।
जसको नीति उसैको नेतृत्व।
फेर्‍यौं व्यवस्था, फेर्‍छौं अवस्था ।
समाजवादी आर्थिक–विकास।
जनजीवनका समस्याको निकास।
हसिँया हतौँडा छ गोलो घेराभित्र।
स्वस्तिक छाप लगाउनु है गल्याङ वासी मित्र।

यस्ता छन् घनश्यामका चुनावी प्रतिबद्धता ।
कृषिः
१.किसानको खेतीयोग्य जमिनको माटो परिक्षण, जमिनको बनोटको ढाँचा परिवर्तन (जस्तै ओरालो जमिनलाई समथर  बनाउने) उपयुक्त बीउबीजन र उत्पादनमा सहजीकरण गर्ने।
२.प्रत्येक वडामा कृषि तथा पशु प्राविधिकको नियुक्ति गरी कृषकहरुलाई उपयुक्त कृषि ज्ञान सीप र संरक्षणको प्रत्याभूति दिलाउने।
३.कृषि सम्बन्धी  नीति निमार्ण गरी कार्यान्वयन गराउने।
४.स्थानीय उत्पादनलाई भण्डारण गर्न कोल्ड स्टोरको निर्माण गरी बजारीकरणको व्यवस्था गर्ने।
५.सिंचाइ हुन सक्ने क्षेत्रको पहिचान गरी सम्भव भएसम्मको क्षेत्रको सिंचाइ गर्ने।
६. प्राङ्गारिक मल तथा आयुर्वेदिक औषधि बनाउने सीप तथा तालिमको व्यवस्था गर्ने।
७ं.वातावरण अनुकूल नगदेबाली, जडिबुटी, पशुपन्छीको उचित उत्पादन वितरण र व्यवस्थापन साथै नियन्त्रण गर्ने।
८.कृषि फार्मलाई पूर्वधार निर्माण तथा हरित गृह निर्माणमा अनुदान तथा सहयोग उपलब्ध गराउने।

शिक्षाः
१.प्रत्येक सरकारी तथा सामुदायिक विद्यालयको स्तर उन्नति गर्ने।
२.मापदण्डको मूल्याङ्कन गरी भवन, फर्निचर, ल्याब, पुस्तकालय, कम्प्युटर, इन्टरनेट आदिको राम्रो सुविधा दिने।
३ प्रत्येक वडामा एक प्राविधिक विद्यालय अनिवार्य गर्ने।
४.निजी विद्यालयलाई सामुदायिकिकरण गर्नमा प्रोत्साहित गर्ने ।
५.सरकारी विद्यालयको पाठ्यक्रमलाई नेपाली तथा अंग्रेजी माध्यममा पढाउने।
६.टाढा विद्यालय भएको गाउँलाई प्राथमिक शिक्षा उक्त गाँउमै दिने व्यवस्था मिलाउने र हरेक सामुदायिक विद्यालयलाई स्कुल बसको व्यवस्था गर्ने ।
७.कक्षा १० भन्दा माथिको शिक्षा व्यावसाहिक र प्रयोगात्मक बनाउन जोड दिने।
८.संस्कृत पाठशालाको निर्माण गर्ने ।
९. शिक्षकको क्षमता अभिविद्धि गर्न तालिम र प्रोत्साहनको व्यवस्था गर्ने ।
स्वास्थ्यः
१. प्रत्येक वडामा एउटा एम्बुलेन्सको व्यवस्थापन गर्ने।
२.वडा वडामा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने।
३.प्रत्येक टोल–गाउँमा महिनाको एकपटक घुम्ती स्वास्थ्य शिविरहरु लैजाने।
४.दीर्घ रोगीहरुको पहिचान गरी बेलाबेलामा स्वास्थ्य परीक्षण घरमै गरिदिने।
५.विद्यार्थी छात्राहरुलाई निःशुल्क स्नीटरि प्याडको व्यवस्थापन गर्ने ।
६.नवजात शिशु हेरचाह तथा सुत्केरी आहारको व्यवस्था गर्ने।
७.हरेक वार्डमा प्राथमिक उपचार सम्बन्धि तालिम दिने।
८.स्वास्थ्य केन्द्रहरु आवश्यक अनुसार थप गर्ने।
९. जाँड रक्सि बेच्न लाइसेन्सको व्यवस्था गर्ने त्यसलाई सिमितता गर्ने ।
१०. फोहोरलाई मोहोरको रुपमा फोहोर मैलाको व्यवस्थापन गर्ने ।
खानेपानीः
१.खानेपानीको शुद्धता परीक्षण गर्ने।
२.सुरक्षित खानेपानी एक घर एक धाराको व्यवस्थापन गर्ने साथै संघसंस्था ,चोक तथा चौतारीहरुमा आवश्यकता अनुसार खानेपानीलाई व्यवस्थित गर्ने।
३.पानीका मुहान, पँधेरा कुवा आदिको संरक्षण गर्ने।
४.गाई वस्तु तथा जंगली पशुपन्छीको लागि ठाउँठाउँमा पोखरी तथा कुवाको निर्माण गर्ने।
५.वातावरणीय पर्यावरणलाई बरकरार राख्न टाकुराहरुमा तथा पखेराहरुमा वर्षातको पानी संकलन हुने गरी ठूला तथा मझौला र साना पोखरीहरु निर्माण गर्ने।
६.प्रत्येक वर्ष खुइलिएका डाँडा र पाखा–पखेरामा वृक्षारोपण गर्ने।

यातायातः
१.प्रत्येक बस्तीमा सडकको पहुँच पुर्याउने।
२.जनघनत्व अनुसार सडक चौडा गर्ने।
३.सडकको कुनामा नालीको अनिवार्य निर्माण र छेउमा मानिस तथा जनावरको लागि पैदल हिंड्ने पेटि अनिवार्य निर्माण गर्ने।
४.सडक सम्भव भएसम्म पिच गर्ने, सम्भव नभएकालाई अनिवार्य ग्रावेल गर्ने।
५.सडकबत्ती अनिवार्य राख्ने। दुर्घटना न्यून गर्न सडक तथा सवारी संकेतहरूको व्यवस्थापन गर्ने, दुर्घटना भएमा आपतकालीन उद्धार टोली व्यवस्थापन गर्ने।

पर्यटनः
१.खुला सरकारी क्षेत्रहरुमा पार्कको निर्माण गर्ने।
२.मठमन्दिर तथा धार्मिक महत्वका क्षेत्रको पहिंचान गरी विकास र प्रवर्द्धन गर्ने।
३.कालीगण्डकी नदीमा राम्दि देखि चापाकोट सम्म जल यातायात सञ्चालन गर्ने जस्तै र्याफ्टिंग सञ्चालन गर्ने।
४.विभिन्न जातीहरूका भाषा र संस्कृतिको संरक्षण विकास र प्रवर्द्धन गर्न नगरपालिका स्तरिय कला केन्द्रको स्थापना गर्ने
५.पौराणिक शिल्पी तथा कलाबाट निर्मित सामग्रीहरु, सांस्कृतिक पोसाक, वाद्यवादनका सामग्रीहरु जस्ता लोप उन्मुख सामग्रीहरूको संरक्षण गर्न संग्रालयको निर्माण गर्ने र त्यस्ता सामग्री बेच्न चाहनेलाई बजारको व्यवस्थापन गर्ने।

६.गर्हौं,चन्द्रकोट,भाल्थुमकोट ,सेतीवेनी, बगरातीकोट, गेझा कालिका, राम्दि धाम, हुँगिघाट,शिला लगायतका धार्मिक एंव एतिहासिक महत्व बोकेका ठाउँलाई एकिकृत रुपमा विकास गरी धार्मिक पर्यटन एंव रोजगारी प्रर्वधनमा जोड दिने ।

रोजगारीः
१. स्थानीय विकास परियोजनामा सम्बन्धित क्षेत्रका जनताको श्रमलाई प्रथामिकता दिने।
२.साना तथा घरेलु उद्योग सञ्चालन गरेका वा गर्न चाहेका जनतालाई सौलियत ऋणको व्यवस्था गर्ने।
३.औद्योगिक क्षेत्रको व्यवस्थापन गरी उक्त क्षेत्रमा पूर्वाधारको विकास गर्ने र उद्यमसिलताको विकासमा जोड दिने ।
४.सामूहिक उत्पादन प्रणालीको विकास गर्ने (जस्तै पाल्पाको निस्दी झिरुबाँस डाँडामा लगाइएको अम्रिसो)
५.विभिन्न किसिमका सीप र तालिमहरु प्रदान गर्ने, कुटिर उद्योगको विकास गर्ने ।
६.उत्पादित वस्तुहरूको बजारको व्यवस्थापन गर्ने।
७.बैदेसिक रोजगारीबाट फर्कन प्रोत्साहन गर्ने, वैदेशिक श्रमबाट प्राप्त शिपलाई स्थानीय आवश्यकतासँग जोडी व्यावसायिकतामा जोड दिने
७.एक घर एक रोजगारीको सिद्धान्त अवलम्बन गर्ने आदि।

उल्लेखित सम्पूर्ण कार्यहरु धेरै ठूला योजना होइनन्। उपलब्ध विकास बजेटले नै संचालन गर्न सकिने योजना तथा कार्यक्रमहरु हुन। गर्न सकिने धेरै सम्भावना र अवसरहरु विद्यमान छन्। गल्याङ नगरपालिकाका सम्पूर्ण जनताको आवश्यकता अनुसारको विकासका कार्यक्रमहरू सम्बन्धित गाउँ, टोल र वडाको सल्लाह सुझाव र माग अनुसार नीति तथा कार्यक्रमहरु अवलम्वन गरिनेछ।
थप ठूला तथा मझौला परियोजनाहरु संचालन गर्न प्रदेश तथा केन्द्रीय सरकारसँग सहकार्य गरिनेछ।

कमेन्ट गर्नुहोस्