केशव स्थापितलाई कार्वाही गर्न ४५ संघसंस्थाको माग

काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा नेकपा एमालेबाट उम्मेदवारी दिएको केशव स्थापितलाई कार्वाही बिभिन्न संघसंस्थाले माग गरेका छन् ।

केशव स्थापितले पटकपटक महिलासम्बन्धी दिएका अभिव्यक्तिमाथि आपत्ती जनाउँदै मानवअधिकार तथा महिलाका क्षेत्रमा कार्यरत ४५ संघसंस्थाले कार्वाहीको माग गरेका हुन ।

स्थापितले एक सार्वजनिक कार्यक्रममा उनलाई प्रश्न सोध्ने युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ती मेयर पद रद्द गर्न माग गरेका हुन ।

‘‘‍यस्ता असम्वेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको अधिकारवादी संघसंस्थाको ठहर छ ।

एकजना महिलाले स्थापितबाट आफूले यौनजन्य हिंसा सहेको विषय विवादमा आएपछि निर्वाचनको समयमा आयोजना गरिएको एक कार्यक्रममा उनलाई सोसम्बन्धी प्रश्न गरिएको थियो । प्रश्नकर्ता युवतीलाई स्थापितले अपमानजक शब्द प्रयोग गरेका थिए ।


कमेन्ट गर्नुहोस्