म्याग्दी । म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका वडा नंं १ मा माओवादीका तर्फबाट उम्मेदवारी दिएका जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जारी गरेको सूचना अनुसार, मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका वडा अध्यक्ष झक बहादुर छन्त्याल, दलित महिला सदस्य, सतमाया बि, महिला सदस्य सीता कुमारी छन्त्याल र वडा सदस्यहरु केआईसिंह छन्त्याल तथा गुनाराम छन्त्याल निर्विरोध निर्वाचित भएका हुन ।