डडेल्धरामा एमालेलाई ठूलो धक्का, वडाध्यक्षसहित ५० बढी माओवादी प्रवेश

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकामा माओवादी केन्द्रले निर्वाचन जित्ने सम्भावना बढेको छ ।

माओवादीको बलियो आधार रहेको नगरपालिकामा एमालेबाट दर्जनौं नेता तथा कार्यकर्ताहरु प्रवेश गरेपछि जीत झनै सहज भएको हो ।

एमाले वडा नम्बर ११ का वडा कमिटी अध्यक्ष दानबहादुर कुँवरसहित ४९ जना शुक्रबार माओवादी केन्द्रमा प्रवेश गरेको हुन्।

उनीहरूलाई माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी उपाध्यक्ष मानसिंह माल (कान्ति)ले पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रबाट परशुरामका मेयरका उम्मेदवार शेरसिंह माल डायमण्डलगायतका माओवादी नेता कार्यकर्ता सहभागी थिए।

माओवादीबाट परशुरामको प्रमुखमा ‘डायमण्ड र उपप्रमुखमा विमला महता छन्।

कमेन्ट गर्नुहोस्