आँधिखोलाका स्वतन्त्र उम्मेदवार हरि ढकालले पाए चुनाव चिन्ह पुतली

स्याङ्जा । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह बाँडेको छ ।

निर्वाचन कार्यतालिका अनुसार, आज स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाएका हुन् ।
स्याङ्जा जिल्लाको आँधिखोला गाउँपालिकामा अध्यक्षको स्वतन्त्र उम्मेदवारी दिएका हरि ढकाले पुतली चुनाव चिन्ह पाएका छन् ।

युवा नेता ढकाल नेतृत्व कसरी गर्ने भन्ने विषयमै अध्ययन गरेका कमै राजनीतिज्ञमा पर्छन् ।

उनले बेलायती दूतावासबाट सञ्चालित सर्च फर कमन ग्राउन्ड विषयमा २ वर्ष लिडरशीप प्रोग्राम पढेका छन् भने नर्वेजियन दूतावासबाट सञ्चालित लिड इन्टरनेशनलका पनि स्कोलर हुन् ।

उनले विभिन्न सामाजिक काम गरेबापत राष्ट्रपतिबाट विभूषित पनि हुन् । आँधिखोलामा एमालेबाट विश्व पौडेल अध्यक्षको उम्मेदवार बनेका छन् , समाजवादी र कांग्रेसको संयुक्त प्यानलबाट कांग्रेसका प्रेमराज पौडेल उम्मेदवार बनेका छन् भने माओवादी केन्द्रले अध्यक्षमा उम्मेदवारी दिएको छैन ।
आँधिखोला गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।

कमेन्ट गर्नुहोस्