भरतपुरलाई फेरि रेनुकै आश

चितवन । भौगोलिक रुपमा नेपाल ७५ जिल्लामा (हाल ७७ जिल्ला) वर्गीकृत हुँदा नै चितवनको भरतपुरलाई ७६ औं जिल्लाको नामले मान्छेहरु अथ्र्याउँथे । गोरखा, लमजुड, बागलुङ, पर्वत लगायत विभिन्न जिल्लाबाट सुगम र सहजताको खोजी गर्दै भरतपुरमा मान्छेहरुको बसोबास बाक्लो हुन थालेपछि यसलाई ७६ औं जिल्लाको उपमा दिन थालिएको हो ।

जनघनत्व बढ्ने र नयाँ सहरमा परिणत हुँदासमेत बदलिँदो समयको गतिलाई भरतपुरले पक्डिन सकेको थिएन । ५ वर्ष अघिसम्मको भरतपुरको दृश्य हेर्ने हो भने विकासमा यो सहर सुस्ताएको थियो ।

नजिकका नयाँ शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा समेत भरतपुरसँग कुनै विकासको मोडेल थिएन । अव्यवस्थित शहर, नारायणी तटबन्धले वर्षेनी ब्यहोनुपर्ने हैरानीले भरतपुरवासीलाई सधैं बिझाइरहन्थ्यो ।

साविकका भरतपुर क्षेत्र, नारायणी नगरपालिका, चितवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई गाभेर २०७३ फागुनमा राज्य पुनःर्संरचना आयोगले यस क्षेत्रलाई स्तरोन्नति गरेपछि यो भरतपुर महानगरपालिका बनेको हो ।

भरतपुर महानगरमा स्तरोन्नति त भयो तर महानगर हुनका लागि चाहिने पर्याप्त पूर्वाधारको विकास थिएन । त्यही बीच महानगरको नेतृत्व गर्ने गरी माओवादी केन्द्रकी नेतृ रेनु दाहाल भरतपुर महानगरको मेयरमा निर्वाचित भएर आइन् ।

जब रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि उनी विधाता बनेर आइन् । त्यसपछि हो भरतपुरले काँचुली फेर्न थालेको ।

अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेको सहरहरू मध्येको अग्रणी सहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित यो सहर चितवन लगायत केन्द्रीय नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार धेरै जनसंख्या हुने महानगरमध्ये भरतपुर तेस्रो नम्बरमा छ । हालै सार्वजनिक राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार भरतपुर महानगरपालिकाको जनसंख्या ३ लाख ६९ हजार ३७७ छ ।

 

त्यो भरतपुर, यो भरतपुर !

२०७४ अगाडिसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि चितवनमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटोघाटोको (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफ्नो कामको शुरुवात गरिन् ।

४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्रावेलको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतिमा उनले ध्यान खिचिन् । आफ्नै बुवा प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष, चितवनबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व तथा राष्ट्रिय राजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्र्याइन् ।

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङरोड रु. ८ अर्ब २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि, सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङरोडको काम अगाडि बढाइन् । बाँकी ४८.०६५ किमि निर्माणको काम अहिले अगाडि बढिरहेको छ ।

पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु. १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडि बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमि सडकको काम पनि सँगसँगै अगाडि बढाइन् ।

यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंग नै बदल्ने कोसिस गरिन् । अहिले भरतपुर महानगरका भित्री सडक पनि पिच भएका छन् । यसले चितवनको स्वरुप नै बदलेको छ ।

राष्ट्रिय गौरवका आयोजना ५ वर्ष अगाडिसम्म भरतपुरवासीको कल्पनामै थिएनन् । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन् । वर्षेनी त्यहाँ बजेट छुटिटएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो । जति बजेट आउँथ्यो, त्यो बालुवामा पानी खन्याएको सरह मात्रै हुन्थ्यो ।

न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालीन काम नै पनि पूरा हुन्थ्यो ।

तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालीन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्बको हाराहारीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा व्यवस्थित जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीको अतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले ¥याफ्टिङ लगायतका लागि भीड नै लाग्छ मान्छेहरुको ।

पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ता ठाउँहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ–नयाँ होटलहरु खुलेका छन् ।

एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्काेतिर ठूलो लगानी चितवनमा भित्रिएको छ । जुन ५ वर्ष अगाडि उभिएर सोच्दा यसको कल्पना सायदै चितवन भरतपुरबासीले गरेका थिए । यो बीचमा भरतपुरमा कृषि विश्वविद्यालय नै बनेको छ । प्राविधिक क्षिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने ? विकल्प थिएन पहिले । तर अहिले विकल्पसहितको कृषि विश्वविद्यालय भरतपुरमा छ ।

शैक्षिक संस्थाहरु सुधारिएका र फेरिएका छन् । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासको थालनी गरेको छ । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७ प्रतिशतबाट वृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३ प्रतिशतले वृद्धि भई ६२ प्रतिशत पुगेको छ । यो पछिल्ला वर्षहरुमा पनि लगातार वृद्धि भइरहेको छ ।

कुल साक्षरता दर ९८.५ प्रतिशत पुगेको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ । हाम्रो गौरव हाम्रो भरतपुर’ विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम महानगरपालिकाले लागू गरेको छ ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य महानगरले गरेको छ । संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने काम महानगरले गरेको छ । भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी सबै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरेको देखिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन कार्यक्रमको थालनी महानगरले गरेको छ। महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट शिक्षा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ।

एमबीबीएस पढ्ने भरतपुरका विधार्थीले लगभग ४० हजार छात्रवृत्तिमा पाउने व्यवस्था महानगरले मिलाएको छ । छात्रालाई स्कुल आवतजावतका लागि साइकलको व्यवस्था महानगरले गरेको छ । मेयरसँग छात्रा कार्यक्रम त्यसमा जोडिएको छ । कतिपय ठाउँमा स्कुल बस थिएनन् । महानगरले नै स्कुल बसको व्यवस्थापन समेत गरेको छ ।

बोर्डिङसरह पढाइ गर्ने भनेर अंग्रेजी माध्यममा नमुना विद्यालय छनौट गरेर पढाइ शुरु भएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको सरस्वती माविजस्ता विद्यालयलाई स्मार्ट विद्यालयका रुपमा घोषणा गरिएको छ ।

५ वर्ष अगाडिको तुलनामा यो बीचमा झण्डै ६ हजार बढी विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् । अहिले करिब ४२ हजार विद्यार्थी भरतपुरमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । यसले गुणस्तरीय शिक्षाका लागि महानगरले दीर्घकालीन सोच राखेर कसरी काम गर्न खोजेको छ ? भन्ने रुपरेखा झल्काएको छ ।

पर्यटकीय नगरी सौराहामा सिटी हल बनिरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्ब ८५ करोडको लागतमा सिटी हल निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ। अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको काम महानगरपालिकाले अगाडि बढाइरहेकै छ ।

यति मात्रै होइन, भरतपुर कृषि क्षेत्रमा पनि अहिले फेरिएको छ । किसानलक्षित गरी प्रतिलिटर ३ रुपैया अनुदान दिने व्यवस्था गरिएको छ । यो खालको अनुदान दिने व्यवस्था सम्भवतः नेपालमै पहिलो हो । महानगरमा दूध, मासु र मत्स्यमा आत्मनिर्भर बनेको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइका काम सम्पन्न भएको छ । ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता महानगरले गरेको छ ।

विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बिउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरण महानगरले गरेको छ । यसबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकारात्मक भूमिका खेलेको देखिएको छ।

आपतकालीन भवन महानगरले बनाएको छ । पहिले बाढी आउँदा बस्ने ठाउँ थिएन । तर अहिले विपदको बेला बस्न काम लाग्ने गरी आपतकालीन भवन महानगरपालिकाले रेनु मेयर भएपछि नै बनाएको हो । महानगरपालिकाभित्र साना ठूला गरी रू. ३ अर्ब ७७ करोडको लागतमा २४ वटा आयोजनाहरू निर्माणाधीन अवस्थामा छन्। यी आयोजनाहरू सम्पन्न हुँदा भरतपुरमा सतप्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुने देखिएको छ ।

भरतपुर अस्पतालमा ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भएको छ । जुन अहिले हस्तान्तरण समेत भइसकेको छ । भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्सरे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने योजना महानगरले अहिले बनाएको छ । त्यस्तै, शिवनगरमा ५० शैयाको आयूर्वेदिक अस्पताल सञ्चालन हुने चरणमा छ ।

रेनु महानगर मेयर निर्वाचित भएर आएदेखि यो ५ वर्षको अवधिमा ४० वटा स्वास्थ्य संस्था स्थापना महानगरपालिकाले गरेको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न भएको र ८ वटा भवन निर्माणाधीन अवस्थामा छ । संघीय सरकारको लगानीमा महानगरको वडा नं. १५ मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने क्रममा छ । देवघाटमा रु. ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाह गृह निर्माणाधीन अवस्थामा छ । महानगरपालिकाले अतिक्रमित ६६ बिघा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ ।

वर्षौंसम्म भोगाधिकार पाउन नसकेका भरतपुर महानगरपालिका वडा नं. २ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई रेनुले लालपुर्जासमेत वितरण गरेकी छिन् । उनी मेयर भएर भरतपुर महानगर हाँक्न आउनु अगाडि ४० करोड ४२ लाख मात्र आम्दानी रहेकोमा गत आव २०७७÷०७८ मा महानगरको १ अर्ब ५ करोड आम्दानी पुगेको छ । यस हिसाबले महानगर आर्थिक रुपमा पनि अहिले सबल बन्दै जान थालेको छ ।

भरतपुरबासीलाई फेरि रेनुकै आश !

गएको ५ वर्षमा देशका ६ महानगरपालिकामध्ये भरतपुर महानगरले मात्रै महिला मेयर पाएको थियो । फेरि उनले महिला भए पनि अन्य महानगरका मेयरले भन्दा बढी नै विकास र समृद्धिको क्षेत्रमा काम गरिन् । उनले जति स्थानीय तहको जिम्मेवारी लिएर आएदेखि अन्य कुनै मेयरले त्यो स्तरमा काम गर्न सकेनन् ।

यस अर्थमा रेनु दाहाल ५ वर्ष भरतपुरको मेयरमा सफल मेयरका रुपमा चिनिइन् ।

उनले आफुले सकेजति काम गरिन् पनि । जनताले उनलाई जे अपेक्षा गरेर मत दिएका थिए, त्यो मतको उनले सक्दो सम्मान गरिन् भन्ने नै अहिले भरतपुरबासीको बुझाइ पनि देखिन्छ । उनी आफै पनि भन्छिन्, ‘मैले त आफ्नो ठाउँबाट सकेको कोसिस गरें। जनताले जे अपेक्षा गरेर भोट हालेर जिताउनु भयो, मैले आफ्नो कर्तव्य कति पालना गरेँ, पूरा गरेँ कि गरिनँ त्यसको समग्र मूल्यांकन जनताले गर्नुहुन्छ ।’

भरतपुरमा अझै रेनुले खोलेको विकास र समृद्धिको ट्रयाकलाई गति दिन धेरै बाँकी छ । त्यही अधुरो काम गर्न उनी फेरि एकपटक मेयरका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छिन् ।

‘जनस्तरबाट राजनीतिक दलभन्दा माथि उठेर समग्र विकासलाई ध्यानमा राखेर एकचोटि तपाईंलाई यहाँबाट जाने छुट छैन भन्ने मत छ। यहाँको वस्तुगत आवश्यकता पनि होला। अहिलेको स्थितिलाई थेग्ने खालको लिडरसीप अबको आवश्यकता हो। यसलाई निरन्तरता दिने खालको अहिलेको नेतृत्व अबको आवश्यकता र समयको माग हो। त्यही भएर पनि होला जनताले फेरि एकपटक मेरै नेतृत्व भरतपुरमा खोजिरहनुभएको छ । त्यही कारण फेरि म उम्मेदवार बनेर आएको छु’ रेनु भन्छिन् ।

को हुन् रेनु दाहाल ?

झट्ट बुझ्दा रेनु दहाललाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको छोरीका रुपमा चिनिन्छ । तर उनको पहिचानलाई नै मारेर प्रचण्डको छोरी भएकै कारण राजनीतिमा चार्मिक भएको भनेर परिचित गराइनुमा उनिप्रति अन्याय हुन्छ । किनभने रेणुले आफ्नो इमान र प्रतिष्ठाका लागि धेरै संघर्ष र योगदान गरेको उनको प्रोफाइल गहिरो गरी अध्ययन गर्दा देखिन्छ ।

उनको जम्म वि.सं. २०३३ असार २६ गते भएको थियो । उनी राजनीति बुझ्ने भएदेखि नै कम्युनिष्ट राजनीतिमा लागिन् । १० वर्षे माओवादी जनयुद्धका क्रममा उनी बाबु प्रचण्डजस्तै भूमिगत भएर काम गरिन् ।

जनयुद्धकालमा उनले प्रवास तथा देशको विकट ग्रामीण क्षेत्रमा संगठनात्मक रुपमा नेतृत्वदायी भूमिकामै रहिन् । उनी भरतपुरको मेयरमा टपक्कै टिपेर ल्याइएकी पात्र होइनन् । भरतपुरको मेयर हुनुपुर्व नै उनी संविधान सभा सदस्य भइसकेकी थिइन् ।

०६४ जेठ १३ गतेदेखि २०७९ जेठ १४ सम्म उनी संविधान सभा सदस्य थिइन् । उनी माओवादी केन्द्रको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को महासचिवको जिम्मेवारी समेत सम्हालिसकेकी थिइन् ।

उनीसँग माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको रुपमा पनि काम गरेको अनुभव छ । युद्धकालमा उनी माओवादी आधारइलाकाको रुपमा रहेको रोल्पाको जिल्ला सहइन्चार्जसम्मको जिम्मेवारीमा थिइन् ।

पछि उनी काठमाडौंमा माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा पनि थिइन् । त्यति मात्रै नभई उनले अखिल भारत नेपाली महिला संगठनको अध्यक्षको रुपमा प्रवासमा रहेर संगठन निर्माणमा खटिएकी थिइन् ।

रेनु दाहालले ५ वर्षमा गरेका विकासका केही मुख्य कामहरु (बुँदागत रुपमा)

पूर्वाधार

  • विकास एवं समृद्धिको मूल आधार सडक पूर्वाधार रहेको र यसैलार्इ पहिलो प्राथमिकतामा राखी कार्य अघिबढार्इ ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।केन्द्रीय बसपार्कको स्तरोन्‍नति।
  • संघीयसरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकैसबभन्दा लामो ८८.६ कि.मी. महानगरीय रिङ्गरोड रु. ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदनतयार भर्इ सघन शहरी विकासबाट १० कि.मि., प्रदेश सरकारबाट ८.५५ कि.मि., सडक विभागबाट १२ कि.मि. र महानगरबाट १० कि.मि. गरी जम्मा ४०.५५ कि.मि. रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ कि.मि. निर्माणको काम अगाडि बढिरहेको छ।
  • करिब 1 अर्बको हाराहरीमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको संघ तथा प्रदेश सरकारसहितको लागत साझेदारीमा बोलपत्र आह्‍वानको चरणमा रहेको छ।
  • यस्तै पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि रु१ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भहुनुका साथै बाइपास ४ लेन सडक विस्तारएवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ।यसैगरी हुलाकी सडकको १९ कि. मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ कि. मि. सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
  • भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी विधि(PPP) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भर्इ कार्य प्रारम्भ भएको छ । यसबाट निजी क्षेत्रलाइ प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्र सँगसँगै भन्ने कार्यको उदाहरणीय नमूना प्रस्तुत भएको छ।
  • स्मार्ट सडक बत्ती योजनातथा १९ कि.मि. भूमिगत विद्युत् लाइन विस्तारको कार्य नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा अघि बढेको छ भने 78 कि.मि. सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ।
  • चार वर्षे अवधिमा ११ वटा वडा कार्यालय निर्माण सम्‍पन्‍न, ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्‍नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाइ विद्युतीयशासनको मार्गमा अघि बढेको छ ।महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित वनाउनका लागि अफिस अटोमेसनको कार्य शुभारम्भ भएको छ ।
  • भरतपुर महानगरपालिकाभित्र साना ठूला गरी रू. 3 अर्ब 77 करोडको लागतमा 23 वटा आयोजनाहरू निर्माणाधिन अवस्थामा रहेका छन्। यी आयोजनाहरू सम्पन्‍न हुँदा भरतपुरमा सत प्रतिशत शुद्ध पिउने पानीको पहुँच स्थापित हुनेछ।
  • भरतपुर महानगरपालिका वडा नं. ३स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड (Auto Land) निर्माणका लागिDPR तयार भई निर्माणको लागि स्रोतको सुनिश्चितता भएपश्चात् कार्य अघि बढाइनेछ साथै महानगरपालिका वडा नं. २१ र वडा नं. २० मा लघु औद्योगिकग्राम निर्माणको कार्य अगाडि बढेको छ । साथै भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ।

पर्यटन क्षेत्र

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउनसिटी हल बनाउनेकार्यअनुरुपमहानगरपालिकाकोपहलएवंशहरी विकास मन्त्रालयबाटरु. १ अर्व ८५ करोडको लागतमासिटी हल (City Hall)निर्माण कार्य द्रुत गतिमा अघि बढेको छ।
  • नारायणी नदी किनारलाई Sea Beach मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा बृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ । साथै अन्य कामको लागि पर्यटन विभागबाट रु. ७ करोडको टेन्डर भर्इ कार्य अघि बढेको छ।
  • महानगरपालिकाभित्र लक्ष्मीनारायण मन्दिर, पहुँच मार्गसहितको रानीपोखरी पार्क 25 करोड 5 लाख 98 हजार रूपैयाँमा ठेक्का सम्झौता भइ काम अगाडि बढि सम्पन्न हुने चरणमा रहेको छ। साथै, खुल्ला जिमखाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ।
  • महानगरपलिकाले अम्ब्रेला स्ट्रिट भ्यू Point निर्माणमार्फत आन्तरिक आम्दानीमा टेवा पुर्र्याएको छ साथै गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणाधिन अवस्थामा रहेका छन्।

 

विपद् व्यवस्थापन

  • महानगरमा आपतकालीन कार्य सञ्‍चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरुको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ।
  • शारदानगर खानेपानी आयोजना, जखडिमाई खानेपानी आयोजना, दिव्यनगर खानेपानी आयोजना, पार्वतीपुर खानेपानी आयोजना, मेघौली खानेपानी आयोजना र धनगढा खानेपानी लगायतकापरियोजनाले गर्दा महानगरपालिकाको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पुगेको छ।

 

स्वास्थ्य

  • यसै गरी भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भर्इ हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स-रे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गरिने लक्ष्य राखिएको छ भने शिवनगरमा 50 शैयाको आयूर्वेदिक अस्पताल सञ्‍चालनको चरणमा रहेको छ।
  • भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ ।जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न तथा ८ वटा भवन निर्माणाधीन अवस्थामा छन यसबाटस्वास्थ्य सेवामा जनताको सहज पहुँच स्थापित हुनेछ। सङ्घीय सरकारको लगानीमा वडा नं. 15 मा एक सय शैयाको शिक्षक अस्पताल निर्माण हुने भएको छ।

सामाजिक विकास

  • लैङ्गिक हिंसा पीडित तथा प्रभावित महिलाहरुका लागि सुविधासम्पन्न पुनर्स्थापना गृह स्थापनाको लागि संघ तथा प्रदेश सरकारको सहयोग तथा महानगरपालिकाको साझेदारीमा अघि बढाउन महानगरपालिका प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।
  • २ वर्ष अघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघसंस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको दृष्टान्त सबैलार्इ सर्वविदितै छ।जुन कुराले हामी सबैलाई गर्वको अनुभूति भएको कुरा स्मरण गराउन चाहन्छु।
  • जनआन्दोलन, जनयुद्ध र मधेस आन्दोलन लगायत राजनैतिक आन्दोलनमा शहदत प्राप्त गर्ने सहिद परिवार, वेपत्ताका परिवार र घाईतेहरुलाई जीवन निर्वाह सहयोग स्वरुप मासिक रु. २००० उपलव्ध गराउने कार्यविधि तयार भै आवेदन दिन एक महिने सूचना प्रकाशन भैसकेको छ ।

 

कृषि तथा पशु

  • किसानलक्षित गरी प्रतिलिटर दूधमा विगतमा प्रदान गरिएको रू.१ अनुदानलार्इ वृद्धि गरी प्रतिलिटर रू. ३ पुर्याइएको छ भनेमहानगर दूध, मासु र मत्स्यमा आत्मनिर्भर भएकोछ।
  • पशु विकासको क्षेत्रमा विद्यमान कार्यक्रमहरूलाई निरन्तरता दिँदै “एक वडा एक पशु सेवा प्राविधिक” को व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्वुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र-उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन संघ तथा प्रदेश सरकारसँग साझेदारी गर्न महानगरपालिका तत्पर रहेको छ।
  • कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।
  • कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषि यान्त्रीकरणमा लगानी गरेको छ । विगत वर्षमा कृषि सहकारीहरुलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्वाइन हारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ।

वातावरण तथा फोहोरमैला व्यवस्थापन

  • फोहोर मैलाको दिगो व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा DPR बनेको छ । रु १ अर्व २५ करोड लागतमा यही पौष १५ गतेभित्र G to G सम्झौता मार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य थालनी हुनेछ।
  • देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।
  • महानगरपालिकाले यातायात सेवालार्इ प्राथमिकतामा राखी प्रदेश सरकारको सहकार्यमा यातायात कार्यालय स्थापना गरी सबै प्रकारका सवारी साधनकोदर्ता तथा सवारी चालक लाइसेन्स परीक्षाका लागि प्रकृया अघि बढाएको छ।साथै विद्युतीय चार्जिङ्ग स्टेशनको निर्माणको कार्य पनि अघि बढेको छ।यसबाट महानगरपालिकाको आम्दानीमा दोव्वर वृद्धि हुने अपेक्षा गरिएको छ ।

भू-संरक्षण

  • विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अतिक्रमित ६६ बिगाहा सार्वजनिक जमिन खोजी गरी संरक्षण गरेको छ|
  • भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको छ । सोको श्रोत सुनिश्चितता पश्चात् निर्माण कार्य अघि बढ्ने छ।
  • नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालिन समाधानका लागि 6 अर्बको हाराहरीमा नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ।

शिक्षा

  • शिक्षा क्षेत्रमा विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ । यस अवधिमा करीब ६ हजार विद्यार्थीहरु सामुदायिक विद्यालयमा बढेका छन् भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७% बाट बृद्धि भई शैक्षिक सत्र २०७७ मा ५.५३% ले बृद्धि भई ६२% पुगेको छ ।सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य प्रगति भएको छ ।कुल साक्षरता दर ९८.५ % रहेको छ। नमुना विद्यालयहरु स्थापना भएका छन् । शिक्षासँग सिकाइ जोडिएको छ।“हाम्रो गौरव हाम्रो भरतपुर” विषयसँग सम्बद्ध स्थानीय पाठयक्रम लागू गरिएको छ ।शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ।संस्थागत विद्यालयहरुको साझेदारीमा २३९ जना विद्यार्थीहरुलाई मेरिट वेसमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्य थालनी गरिएको छ ।
  • भरतपुर महानगरमा सामुदायीक विद्यालयको शैक्षिक स्तरोन्‍नती भएपछी हाल कुल अध्ययनरत करिब 36000 विद्यार्थहरूबाट वृद्धिभइ 42000 अध्ययनरत रहेका छन्
  • भरतपुर बालमन्दिरमाअटिजम विशेष विद्यालय स्थापना गरी सवै प्रकारका बालबालिकाहरूलाई शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ। शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन(STEM Education)कार्यक्रमको थालनी गरिएको छ।समग्र शिक्षाको विकासको लागि महानगरपालिकाको आन्तरिक आयको १२.५प्रतिशत बजेट विनियोजन गरिएको छ।
  • साहित्य, कला, संस्कृतिको उत्थानको लागि ‘महानगर साहित्य दर्पण”,२०७८ प्रकाशनमा ल्याइएको र भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारीमा रहेको छ।

आर्थिक/राजश्‍व

  • स्थानीय तहको निर्वाचन भई पदाधिकारी आउनुपूर्व भरतपुर महानगरपालिकाको आन्तरिक आम्दानी रू.४० करोड ४२ लाख मात्र रहेकोमा गत आ.व. २०७७/०७८ मा १ अर्व ५ करोड आम्दानी प्राप्तभई चालु आ.व.का लागि १ अर्ब २० करोड लक्ष्य राखिएको छ।

सूचना प्रविधि

  • “कोही नछुटून् कोही नदोहोरिऊन्” भनी सबै वडा कार्यालयबाट कम्प्युटरकृत प्रणालीद्वारा घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा नागरिकको पहुँच विस्तार गरिएको छ। साथै, महानगरपालिकाको विकासमा ६७वटा गैरसरकारी संघ संस्थाले रु. ४८ करोड लागतको साझेदारीसहित कामहरू अगाडि बढिरहेका छन्।

 

कमेन्ट गर्नुहोस्